अरुणोदय माबी लिङ्गमले ३७ औ वार्षिक उत्सव भव्य रुपमा मनायो – Sagarmathapana:: Online News Portal

अरुणोदय माबी लिङ्गमले ३७ औ वार्षिक उत्सव भव्य रुपमा मनायो

   २०८२ आश्विन ४ गते  

निमा पोङ्स्युवा

संखुवासभा।संखुवासभा जिल्लाको उत्तरी चीन सिमा शिङ्सालुङ हालको भोटखोला गाउँपालिका स्थित अरुणोदय माबिले विविध कार्यक्रम गर्दै ३७ औ वार्षिक उत्सव मनाएको छ । वार्षिक उत्सवमा छितेन – भुटिक पोङ्स्युवा मेमोरियल ट्रस्ट छात्रवृत्ति कक्षा १२ मा अध्ययनरत आषिश नुप्पा र सरोज बिक प्रदान गरिएको छ ।

भदौ ३१ गते विद्यालय सरसफाइ,हस्तलेखन हाजिरी जवाफ प्रतियोगिता सहित हाईजम्प भलिबल लगायतका खेलकुदका कार्यक्रम गरेका थिए । असोज १ गते १०० देखि ३ हजार मिटर दौड प्रतियोगिता भएको कुरा बिद्यालयका प्रधानाध्यापक डा.छिरिङ तेम्बाले जानकारी दिए ।

त्यसैगरी उत्सवको अन्तिम दिन विद्यालय व्यावस्थापन समिति अध्यक्ष किटुक भोटेको अध्यक्षता समापन कार्यक्रम भएको जनाए । उक्त दिन अभिभावक,राजनीतिक दलका प्रतिनिधि,स्थानीय बुद्धिजिबि,आमा समूह,क्लब संघसंस्थाका प्रतिनिधि सहितको उपस्थितिमा विद्यालयमा स्थापना गरिएका छात्रावृत्ती तथा पुरस्कार वितरण गरिएको जानकारी दिए ।


१) हिमाली आवासीय छात्रवृत्ति २० जना छात्राहरुलाई प्रती छात्रा ५० हजारले रु. १० लाख वितरण ।

२) पि थ्री अपांग अक्षयकोष छात्रवृत्ति निमा टासी भोटे र एलिसा भोटेलाई ५/५ हजार रुपैया प्रदान ।

३) स्व. ङाङ्मु भोटे अक्षयकोष छात्रवृत्ति कक्षा प्रथम रु १ हजार ८००/- द्वितीय १ हजार ५००/- तृतीय १ हजार २००/-कक्षा ६ देखि १० सम्मलाई प्रदान ।

४) छितेन – भुटिक मेमोरियल ट्रष्ट छात्रवृत्ति कक्षा १२ मा अध्ययनरत प्रथम विद्यार्थी आशिष नुप्पा र साधारण धारका प्रथम विद्यार्थी राजेश बिकलाई ५/५ हजार रुपैया प्रदान ।

५) खड्ग पन्त छात्रवृत्ति निमा टेशी र तेन्जिल्हामु थिकेपालाई ५/५ हजार रुपैया प्रदान ।

६) खड्गबहादुर गुरुङ छात्रवृत्ति कक्षा ७ मा अध्ययनरत सोनाम भोटेलाई २ हजार ५०० /- रुपैया प्रदान ।

७ ) गोलोव गाईज उत्कृष्ट छात्रवृत्ति दुईजनालाई ५/५ हजार रुपैया प्रदान ।

८ ) स्व. पुछाङा उत्कृष्ट शिक्षक अक्षयकोषबाट शैक्षिक सत्र २०८१ सालको उत्कृष्ट शिक्षक दमक नगरपालिका २ झापाका अंग्रेजी शिक्षक गोपाल प्रसाद दाहाललाई प्रदान तथा सम्मान गरिए ।

सांगीतिक कार्यक्रम सहित अभिभावक खेल समेत गरिको उत्सवमा बिद्यालय जग्गादाता गुठिगुम्बाका कान्छा ठिलेन र च्याम्ताङका गेच्युङ भोटेलाई सम्मान गरिएका थिए । कार्यक्रममा विद्यालयको प्रतिवेदन प्रस्तुतसंगै अरुणोदयलाई तिब्बती पहिचान सहितको हिमाली नमुना बिद्यालय बनाउने लक्ष्य रहेको बताए । सोही अनुसार २०८३ सालबाट आवासीयको रुपमा संचालन गर्ने भएको छ । जहाँ ४० जना विद्यार्थी रहनेछ । आगामी २०८३ बाट अतिरिक्त घण्टिको समेत व्यावस्था गरि मौलिक मौखिक थुतुर वेदको रुपमा रहेको मोल,मातृभाषाको गीत,स्यप्रो नाच र सम्भोटा लिपि प्रशिक्षण स्थानीय बिज्ञबाट गराउने योजना रहेको बताए । समापनमा सहयोगी दाता,संघसंस्था,अक्षयकोष स्थापना गर्ने,छात्रवृत्ति प्रदान गर्ने,कर्मज्यामु भोटिया सामुदायिक पुस्तकालय र जातिय संग्रहालय स्थापना गर्ने दाता विद्यालय व्यावस्थापन समिति पुर्व अध्यक्ष तथा पदाधिकारी,शिक्षाप्रेमी जनप्रतिनिधि सबैलाई धन्यवाद दिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै