क्यान्सर अस्पतालका लेखा अधिकृत घुससहित पक्राउ – Sagarmathapana:: Online News Portal

क्यान्सर अस्पतालका लेखा अधिकृत घुससहित पक्राउ

   २०८१ श्रावण ७ गते  

काठमाडौं। वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरकी लेखा अधिकृत अमृता कोइरालालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित पक्राउ गरेको छ ।

अख्तियारको टोलीले कोइरालालाई भरतपुर महानगरपालिका वडा नं. ७ कटहर चोकस्थित बालाज रेस्टुरेन्टबाट आइतबार घुससहित पक्राउ गरेको हो । आयोग हेटौँडाका सूचना अधिकारी गोविन्दप्रसाद गौतमले कोइरालालाई रु एक लाख ५० हजार नगद र रु चार लाख ५० हजारको चेकसहित पक्राउ गरिएको जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै