पाहुना आएका भिनाजुलाई धारिलो हतियार प्रहार गरी हत्या – Sagarmathapana:: Online News Portal

पाहुना आएका भिनाजुलाई धारिलो हतियार प्रहार गरी हत्या

   २०८१ श्रावण ६ गते  

काठमाडौं । आफ्नो घरमा पाहुना आएका भिनाजु ६० बर्षीय सुरेश बस्नेतलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या आरोपमा सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका-२ देविस्थान का ४५ बर्षीय पुर्ण बहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।

उनले हिजो साँझ ५ बजे धारिलो हतियार प्रहार गरी भिनाजुको हत्या गरेको गरेका थिए ।

घटनाबारेमा जानकारी पाउनासाथ तत्काल घटनास्थल सुरक्षाको लागि बिमानस्थल सुरक्षा गार्ड काँगेल र प्रहरी चौकी नेलेबाट प्रहरीको टोली खटिएको थियो भने जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको प्रहरीको टोलीले खुकुरी प्रहार गर्ने बस्नेतलाई नियन्त्रणमा लिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै