२४०० नाघ्यो नेप्से
काठमाडौं । सेयर बजार खुलेको ७७ मिनेटमै ५ अर्बको कारोबार भएको छ । दिउँसो १२ : १७ बजे नै ५ अर्ब कारोबार रकम नाघेको हो । बजारको परिसूचक नेप्से ४९ अंक बढेर २४१४ मा कायम भएको छ । सबै सेक्टरका सूचक बढेका छन् ।
बैंकिङ तथा माइक्रोफाइनान्स समूहका सूचक ३–३ प्रतिशतभन्दा धेरै बढेका छन् ।मेरो माइक्रोफाइनान्सको ९.२, उपकार लघुवित्तको ७.९, रुरु हाइड्रोको ७.४ प्रतिशत मूल्य बढेको छ । १९१ कम्पनीको मूल्य बढ्दा ४२ को घटेको छ भने १० को स्थिर छ ।
आखुखोला जलविद्युत्को मूल्य १० प्रतिशत बढेको छ ।












