अर्थसहित चार मन्त्रालय लिएर नेपाली कांग्रेस मधेश सरकारमा सहभागी हुने – Sagarmathapana:: Online News Portal

अर्थसहित चार मन्त्रालय लिएर नेपाली कांग्रेस मधेश सरकारमा सहभागी हुने

   २०८१ श्रावण ३ गते  

काठमाडौं ।अर्थसहित चार मन्त्रालय लिएर नेपाली कांग्रेस मधेश सरकारमा सहभागी हुने भएको छ ।

मुख्यमन्त्री सतिश सिंहले अर्थसहित चार मन्त्रालय दिने भएपछि कांग्रेस बिहीबार सरकारमा सहभागी हुन लागेको हो । यसअघि मुख्यमन्त्रीले अर्थ मन्त्रालय आफैंसँग राख्ने भनेपछि कांग्रेस सरकारमा सहभागी हुन आनाकानी गरेको थियो ।

मन्त्रीका लागि रौतहटका सुनिल यादव, पर्साका जनार्दन क्षेत्री, धनुषाका शेषनारायण यादव र सर्लाहीका कौशल किशोर रायको नाम मुख्यमन्त्रीलाई पठाएको कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले जानकारी दिए ।

मुख्यमन्त्री सिंहले बिहीबार नै लोसपालाई सरकारमा सहभागी गराउने तयारी गरेका छन् । लोसपाका नेताहरुसित यस विषयमा कुराकानी भइरहेको मुख्यमन्त्रीको सचिवालय स्रोतले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै