पत्रकार महासंघ बेलायतमा विमला सेने पहिलो महिला अध्यक्ष निर्वाचित – Sagarmathapana:: Online News Portal

पत्रकार महासंघ बेलायतमा विमला सेने पहिलो महिला अध्यक्ष निर्वाचित

   २०८१ असार ३१ गते  

काठमाडौँ। पत्रकार महासंघ बेलायतको अध्यक्षमा विमला सेने निर्वाचित भएकी छन् । आइतबार गोर्खा भवन फार्नबरोमा सम्पन्न शाखाको छैठौं अधिवेशनले सेनेको नेतृत्वमा नयां कार्यसमिति निर्वाचित गरेको हो ।

अरु दुई प्रतिष्पर्धी श्यामकुमार लुईंटेल र दिनेशकुमार परियारलाई पराजित गर्दै सेने शाखाको पहिलो महिला अध्यक्ष बनेकी हुन् ।

यसअघि कार्यसमितिका अरु सबै पद निर्विरोध भइसकेका थिए । महासंघको वरिष्ठ उपाध्यक्षमा नरेन्द्र बस्नेत क्षेत्री, उपाध्यक्ष (खुला) मा शिव भण्डारी, उपाध्यक्ष (महिला) मा प्रमिला लाबुङ राई, महासचिवमा खेमराज रानाभाट, सचिवमा मन्जु भण्डारी खरेल र विश्वासदीप तिगेला, कोषाध्यक्षमा सविन्द्रकुमार गुरुङ र सहकोषाध्यक्षमा सुरेन्द्र इङनाम छन्।

त्यस्तै, सदस्यहरूमा वाचस्पति रेग्मी, बमबहादुर थापा, अमित थेबे, नगेन्द्रराज नेम्वाङ, गोमा राना र मिलनध्वज गुरुङ (मिलन तमु) निर्वाचित भएका छन्। नवनिर्वाचित कार्यसमितिलाई प्रमुख निर्वाचन आयुक्त शाखाका पूर्व अध्यक्ष नरेश खपाङ्गीमगरले शपथ ग्रहण गराए ।

उद्घाटन समारोहमा प्रमुख अतिथि तथा केन्द्रीय प्रतिनिधि नेपाल पत्रकार महासंघका लेखा समितिका संयोजक लेखनाथ न्यौपाने, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, नेपाल प्रेस युनियनकी उपमहासचिव दिलिपाश्री अधिकारी, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गजुरधन राई, नेपाल पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष केजिन राई, शाखाका निवर्तमान अध्यक्ष नरेश खपाङ्गीमगर लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै