रास्वपा को केन्द्रीय समितिको बैठक सुरु – Sagarmathapana:: Online News Portal

रास्वपा को केन्द्रीय समितिको बैठक सुरु

   २०८१ असार २५ गते  

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक सुरु भएको छ ।
पार्टीको अनुशासन र मर्यादा उल्लंघन गरेको आरोपमा ढकाल निलम्वित छन् बैठक पार्टी केन्द्रीय कार्यालय बालाजुमा जारी बैठकले पार्टी महामन्त्री मुकुल ढकालमाथिको कारबाहीबारे निर्णय लिने छ ।
२० असारमा बसेको केन्द्रीय समितिको बैठकले अनुशासन आयोगको सुझावका आधारमा ढकाललाई एक साताका लागि निलम्बन गर्ने निर्णय गरेको थियो साथै थप कारबाहीको सिफारिस गर्न अनुशासन आयोगलाई पार्टीले निर्देशन दिएको थियो ।

निर्देशन अनुसार अनुशासन आयोगले प्रतिवेदन पार्टीलाई बुझाएको थियो । आजको बैठकमा अनुशासन आयोगको प्रतिवेदनमा छलफल गर्ने एजेण्डा छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै