अवार्डमय नेपाल: पैसाले पाइने अवार्ड र नाम योग्यता संग मेल नखाने सम्मान” – Sagarmathapana:: Online News Portal

अवार्डमय नेपाल: पैसाले पाइने अवार्ड र नाम योग्यता संग मेल नखाने सम्मान”

   २०८२ श्रावण ३ गते  

कलाकारको काम हेरेर होइन, खाता नम्बर हेरेर छानिन्छ “Best Artist of the Year”,काम नगरेको कलाकार “Critics Choice” जित्छ, जसलाई कोही आयोजकहरूले चिनेका पनि हुँदैनन्।

काठमाडौंनेपाल अहिले अवार्ड मय युगमा प्रवेश गरेको छ हप्तामा २, महिनामा ५,वर्षमा कति भन्ने हिसाबै छैन–अवार्डकै बाढी छ !

तर आश्चर्य के छ भने: अवार्डको नाम सुन्दा लाग्छ,यो कुन ग्रहको हो? अनि पुरस्कार पाउने अनुहार हेर्दा लाग्छ यिनले के गरे हो?

नेपालमा अवार्ड पाउनु अहिले कुनै योग्यता होइन, सम्पर्क र चिनेकाले हो। नेपालका गल्लीगल्लीमा बर्सातपछिको भ्यागुता जस्तै टप्पटप्प उम्रिएकाछन् International, Prestigious,Global,Iconic जस्ता भारी नाम भएका हल्का पुरस्कारहरू।

हरेक हप्ता,हरेक महिना २०–२५ जना सेलिब्रिटी एकै साथ“Best Singer,Best Film,Lifetime Achievement,Rising Star, Public Choice,Critic Choice,Organizer’s Mama’s Choice जस्ता टाइटल बोकेर फोटो सेसनमा उभिएका देखिन्छन्। कति सेलिब्रिटीहरू त खुलेआम भन्छन् –

“अवार्ड लिँदा लाज लाग्छ… अब यो पनि किनमेलको सामान जस्तै भइसक्यो।

अब अभिनयमा होइन, ‘कनेक्शन’ मा अवार्ड NRs 5,000 देखि सुरु!“Best Actor”,BestDirector,“Lifetime Achievement” जस्ता ठूला टाइटलहरु सस्तो दरमा उपलब्ध छन्–चाहियो भने ‘International Award’ पनि पाइन्छ, प्रमाणपत्रमा भारत,दुबई वा युरोपको ठप्पा हुँदैन त? फोटो फेसबुक र इंस्टाग्राममै जान्छ!

थुप्रै कलाकारहरू भन्छन्: Award पायो भने विदेशको कार्यक्रममा बोलाउँछ,अनि सजिलै भिसा लाग्छ।त्यही भएर लिएको हो,नत्र सम्मान के को?त्यसैले अवार्ड अहिले देशभित्र सम्मान होइन, देशबाहिर निस्कने “Exit Ticket” भइसक्यो।कतिपय कार्यक्रममा अवार्ड लिँदा पासपोर्ट नम्बर मागिन्छ–कला हेरेर होइन,जहाज चढ्न मिल्छ कि हेरेर!

चलचित्र,संगीत,साहित्य सबैको एउटै कथा–‘नाम खोज्न गाह्रो पर्छ’Best Movie–जुन हलमै लागेको थिएन।

Best Song–जुन ट्युन नै चोरी थियो,Best Social Impact Award–जुन व्यक्ति सामाजिक सञ्जाल बाहेक कतै देखिएको थिएन।आयोजकहरू भन्छन्–हाम्रो उद्देश्य प्रतिभाको सम्मान International ExposureवाVisa Shortcut?गर्नु हो, तर तपाईंले थोरै ‘contribution’गर्नु पर्छ,ट्रफीको लागी होइन,‘global exposure’को लागी।

काठमाडौंबाट सुरु भएर,दुबई,मलेशिया,अस्ट्रेलिया,लन्डन हुँदै “इंटरनेशनल फिल्म/म्युजिक अवार्ड”को नाममा हुने कार्यक्रममा पुरस्कार लिनेहरूका लागि यो बनिसकेको छ “Visa Shortcut Program”।

एक जना पूर्व–पुरस्कृत कलाकारले नाम नखुलाउने शर्तमा भने, पुरस्कार लिएको, अब अमेरिका जाँदैछु, अवार्ड देखाएरConference मा पनि बोलाउँछन् रे !

कलाकारको काम हेरेर होइन, खाता नम्बर हेरेर छानिन्छ “Best Artist of the Year”काम नगरेको कलाकार “Critics Choice”जित्छ,जसलाई कोही आयोजकहरूले चिनेका पनि हुँदैनन्।आजको नेपालमा पुरस्कार लिन“गाउँन नजाने”,“चलचित्र नखेल्ने”,“श्रृंखला नहेर्ने”–तर आयोजकलाई चिन्ने अनि भोलिपल्ट लेखिन्छ–“X received an international award for contribution to Nepali art and culture.”कसलाई के योगदान – त्यो आयोजकलाई मात्रै थाहा हुन्छ।

के पुरस्कार लिने सही हो त? सही हो,यदि त्यो पुरस्कार निष्पक्ष छ भने र गलत हो,यदि त्यो पुरस्कार टिकट काटेर किनिएको हो भने।

र बेइज्जती हुन्छ साँच्चिकै मिहिनेत गर्ने कलाकारको,पुरस्कारप्रति श्रद्धा राख्ने आम दर्शकको अनि अन्त्यमा,“पुरस्कार”शब्दको नै।

“Award हाम्रो इज्जत हो, बिक्री होइन।”

Film Development Board, Music Association, Culture Ministry – सबै Award Show को फोटोमा देखिन्छन्, तर मूल्याङ्कनमा होइन।

कहाँ छ त्यो निकाय जसले भनून् – “यो त सम्मान होइन,अपमान हो”?

अब आवश्यक छ –साँचो मूल्यांकन गर्ने संयन्त्र,अवार्डभन्दा माथि उठेर ‘कृपाबाट होइन,कदरबाट’ सम्मान दिने चलन।

त्यसपछि मात्र भनिन्छ –

“यो अवार्ड इज्जत हो लायक हो,लाज -अपमान होइन!”

नेपालमा अहिलेको अवस्थामा अवार्ड भनेको कुकुरलाई हड्डी झैं फ्याँकिएको ‘कागजी इज्जत’ हो।यो अवार्डले न कला बढाउँछ, न कलाकारको हैसियत।

केही अवार्ड साँच्चिकै सम्मानयोग्य छन्, तर ती पनि यस्ता “प्याकेज अवार्ड” बीचमा हराइरहेका छन् – लाजको भरमा

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै