पार्टी बैठकमा खेलकुदमन्त्रीको गुनासोः विदेश घुम्न दिइएन – Sagarmathapana:: Online News Portal

पार्टी बैठकमा खेलकुदमन्त्रीको गुनासोः विदेश घुम्न दिइएन

   २०८२ असार २१ गते  

काठमाडौं।युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले विदेश घुम्ने कार्यक्रममा भाग नदिइएको भन्दै पार्टी केन्द्रीय समिति बैठकमा गुनासो गरेका छन् । बैठकमा मन्त्रालयगत विवरण पेश गर्ने क्रममा उनले सबै मन्त्रालयलाई भाग दिइएको तर खेलकुद मन्त्रालयलाई नदिइएको भन्दै गुनासो गरेका हुन् । साथै, उनले पार्टीभित्र युवाको परिचालन चाहिनेजति गर्न नसकिएको बताए ।

‘सरकारसँग खेलाडी, युवा लक्षित कार्यक्रम छन्। विदेश घुम्ने कार्यक्रम छन् । तर, सबै ठाउँमा भागबन्डा हुने खेलकुदमा किन भागबन्डा भएन ?’ प्रश्न गर्दै उनले भने ।

साथै, उनले राष्ट्रिय खेलकुद परिषद्, युवा परिषद्, नेपाल स्काउटमा जस्ता ठाउँमा कार्यकारी माओवादी हुँदा काम गर्न अप्ठ्यारो भएको बताए । सदस्यसचिव एक्लैले कार्यसमिति बनाइरहेको उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै