एसईई को नतिजा सार्वजनिक
काठमाडौं।राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यालय–कक्षा १० ले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। आज आयोजित पत्रकार सम्मेलनमा बोर्डका अध्यक्ष महाश्रम शर्माले यस वर्ष एसईईमा ६१ दशमलव ८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको जानकारी दिनुभयो।
बोर्डका अनुसार यस वर्षको नतिजामा उल्लेख्य सुधार देखिएको छ। गत वर्ष मात्र ४७ दशमलव ८६ प्रतिशत विद्यार्थी ग्रेडेड भएका थिए। अध्यक्ष शर्माका अनुसार परीक्षाको गुणस्तर सुधारका लागि गरिएको प्रयास सकारात्मक देखिएको छ।
गत वर्ष चैत ७ देखि चैत १९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा करिब ५ लाख १० हजार विद्यार्थी सहभागी भएका थिए। यसैबीच, बोर्डले एसईईका लागि पुरक परीक्षा आगामी साउन २९ गतेदेखि सञ्चालन हुने जानकारी दिएको छ।












