मिडियाहरुलाई नियमन गर्न आवश्यक छः मुख्यमन्त्री पाण्डे – Sagarmathapana:: Online News Portal

मिडियाहरुलाई नियमन गर्न आवश्यक छः मुख्यमन्त्री पाण्डे

   २०८२ असार ११ गते  

पोखरा ,गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रेस स्वतन्त्रलाई नियमन गर्न आवश्यक रहेको बताएका छन्।

मंगलबार पोखरामा आयोजित प्रमाणमा आधारित पत्रकारिताको लागि सूचनाको हक विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकार कुनै पनि मिडियाको र प्रेस स्वतन्त्रलाई नियन्त्रण गर्न नचाहाने भन्दै ,तर नियमनको जरुरी रहेको बताएका हुन्।

उनले भने,‘सूचनाको हक पाउने अधिकार सबैलाई छ। संविधानले दिएकै कुरा छ। तर त्यो सूचनाको हक लिइसकेपछि प्रमाणमा आधारमा पत्रकारिता भएर प्रसारण भएको छ कि छैन् यसमा पनि हामीले छलफल गर्नुपर्छ। सरकार कुनै पनि मिडियाको अथवा प्रेस स्वतन्त्रलाई नियन्त्रण गर्न चाहादैन् ,तर नियमनको जरुरी छ। अहिलेको नेपालको पत्रकारिता जगतमा अत्यन्तै आवश्यक कुरा भनेको नियमन हो। स्वतन्त्रता छाडातन्त्र पनि होइन्।

स्वतन्त्रताको आफ्नै परिभाषा छ नि।’ त्यस्तै मुख्यमन्त्री पाण्डेले सामाजिक सञ्जालमा लेखेको भरमा सत्य तथ्य नबुझी मिडियाहरुले त्यसैलाई आधार मानेर समाचार सम्प्रेषण गर्ने काम गरेको भन्दै आपत्ति जनाए।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै