चलचित्र पत्रकार संघको राष्ट्रिय भेला इलामको श्रीअन्तुमा सुरू हुँदै – Sagarmathapana:: Online News Portal

चलचित्र पत्रकार संघको राष्ट्रिय भेला इलामको श्रीअन्तुमा सुरू हुँदै

   २०८२ जेष्ठ ७ गते  

इलाम।चलचित्र पत्रकार संघको राष्ट्रिय भेला इलामको श्रीअन्तुमा सुरू हुँदैछ । संघको २६ औं स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको भेला ३ दिनसम्म चल्नेछ ।

चलचित्र पत्रकार संघको २६औं स्थापना दिवसको अवसरमा इलामको श्रीअन्तुमा आयोजित राष्ट्रिय भेला ३ दिनसम्म चल्नेछ। यस भेलामा पत्रकार ध्रुव लम्साल, विष्णु सुवेदी, नरेन्द्र बस्नेत (कोशी), जीवनकुमार पराजुली, वर्षा बस्नेत, रश्मी थापा, तुलसीप्रसाद निरौला (कोशी) लाई विभिन्न विधामा नगदसहित सम्मान गरिनेछ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, वरिष्ठ कलाकार वसुन्धरा भूसाल, नायक शिव श्रेष्ठ, कलाकार गौरी मल्ल, अभिनेता दिपकराज गिरी, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, नेपाल चलचित्र निर्दशक समाजका अध्यक्ष जनकदीप पराजुली, चलचित्र निर्माता पुनम क्षेत्री, निर्देशक तथा कोरियोग्राफर रेनासा वान्तावा राई, निर्माता प्रज्वल राणा, निर्देशक मिलन चाम्स, नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, निर्माता प्रेम कुमार श्रेष्ठ लगायतको उपस्थिति रहनेछ। भेलामा सिनेमा पर्यटन महोत्सव, कार्यशाला, मिडिया मन्थन सिनेमा संवाद र अन्तरक्रिया कार्यक्रमहरू आयोजना गरिनेछन्।

भेलामा सिनेमा पर्यटन महोत्सव, कार्यशाला, मिडिया मन्थन सिनेमा संवाद र अन्तरक्रिया कार्यक्रम हुने संघका महासचिव रघुनाथ सापकोटाले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै