“उपसचिव किरातीले चढे हिमलुङ हिमाल” – Sagarmathapana:: Online News Portal

“उपसचिव किरातीले चढे हिमलुङ हिमाल”

   २०८२ जेष्ठ ७ गते  

काठमाडौं।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको नेपाल माउन्टेन एकेडेमीका कार्यकारी अधिकृत (उपसचिव) अनिल किरातीले मनाङ जिल्लाको ७,१२६ मिटर अग्लो हिमलुङ हिमालको सफल आरोहण गरेका छन्।

किरातीले एकेडेमीको BMS आठौं सेमेस्टरका विद्यार्थीहरूको टोली सहित यो हिमाल आरोहण गरेका हुन। स्रोतका अनुसार हिमलुङ हिमाल आरोहण गर्ने किराती नै नेपाल सरकारका पहिलो उपसचिव हुन।

नेपाल माउन्टेन एकेडेमीका अध्यक्ष उङ्दी छिरिङ शेर्पाका अनुसार एकेडेमीका कार्यकारी अधिकृत सहितको दुई टोलिले २०८२ जेठ १ र २ गते हिमलुङको शिखरमा पाइला टेक्न सफल भएका छन्। नेपालको भावी पर्वतारोही पुस्तालाई तयार पार्ने उद्देश्यले एकेडेमीले लामो समयदेखि व्यावसायिक पर्वतारोहण शिक्षा तथा तालिम सञ्चालन गर्दै आएको छ।
२०८२ वैशाख १० गते देखि सुरु भएको उक्त आरोहण टोलीमा विद्यार्थीहरू, प्रशिक्षकहरू, सरकारी अधिकारीहरू तथा अनुभवी गाइडहरू सहभागी थिए।


जेठ १ गते सफल आरोहण गर्ने टोलीमा आइएफएमजिए माउन्टेन गाइड पासाङ किदार शेर्पा, कार्यकारी अधिकृत अनिल किराती, विधार्थीहरु विवेक शाखा, अलेक्ज्याण्डर लामा, बिक्रम लामा, जोन बिप्र, प्रकाश गुरुङ, प्रकाश रिजाल, सञ्जिव केसी, फोटोग्राफर न्हुज्जा मानन्धर, क्लाइम्बिङ गाइडहरु फुर्वा सर्की शेर्पा, लाक्पा दोर्जे शेर्पा र छेवाङ शेर्पा रहेका छन् ।
यसैगरी जेठ २ गते सफल आरोहण गर्ने टोलीमा प्रमुख प्रशिक्षक तथा आइएफएमजिए माउन्टेन गाइड रितेन जाङ्बु (टासी) शेर्पा, विधार्थीहरु आशिष रावत, सुमन लिम्बु, सुजन सुवल, मिङमार छिरिङ शेर्पा, इशान काफ्ले, सजल न्यौपाने, सुयोग न्यौपाने र सौगात खड्का, क्लाइम्बिङ गाइडहरु टेन्डि शेर्पा, ओङेल शेर्पा, सोनाम शेर्पा रहेका छन।


एकेडेमीले सन्चालन गर्दै आइरहेको Bachelor of Mountaineering Studies (BMS) को आठौं सेमेस्टरका विधार्थीहरुले प्रयोगात्मक कक्षाको रुपमा ७००० मिटर अग्लो हिमालको आरोहण गरी प्रतिवेदन पेश गर्नुपर्ने पाठ्यक्रम मै उल्लेख भएकोले यो आरोहण सन्चालन गरिएको एकेडेमीका क्याम्पस प्रमुख शिवप्रसाद जैशीले बताएका छ्न। प्रयोगात्मक कक्षाको रुपमा BMS को पहिलो सेमेस्टरमा रक/वाल क्लाइम्बिङ, दोस्रोमा कल्चरल टुर, तेस्रोमा बेसक्याम्प ट्रेकिङ, चौथोमा ५००० मिटर सम्मको हिमाल आरोहण, सातौंमा ६००० मिटर सम्मको हिमाल आरोहण र आठौ सेमेस्टरमा ७००० मिटरको हिमाल आरोहण गर्नुपर्ने व्यवस्था रहेको छ।
अध्यक्ष शेर्पाका अनुसार यो सफलता अहिलेसम्मकै एकेडेमिको ठुलो सफलता हो र सफल हुने सबै विधार्थी लगायत प्रशिक्षकहरुलाई काठमाडौ फर्किसकेपछि एक विशेष कार्यक्रम गरेर सम्मान गर्ने तय भैसकेको छ। यो सफलताले एकेडेमिको विधार्थीको पर्वतारोहण क्षमतालाई प्रमाणित गर्नुका साथै एकेडेमिलाई उच्च हिमाली शिक्षाको अध्ययन अध्यापन गराउने अग्रणी शैक्षिक संस्थाको रूपमा स्थापित गर्न सहयोग गर्नेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै