आज आमाको मुख हेर्ने पर्व, मातातीर्थमा मेला.. – Sagarmathapana:: Online News Portal

आज आमाको मुख हेर्ने पर्व, मातातीर्थमा मेला..

   २०८२ बैशाख १४ गते  

काठमाडौं।आज वैशाख कृष्ण औँसीका दिन देशभर आमाको मुख हेर्ने पर्व श्रद्धापूर्वक मनाइँदै छ। सन्तानहरूले आमालाई मिठा परिकार खान दिई नयाँ लुगा लगाइ सम्मान गर्ने चलन छ।

जसको आमा नभएका छन्, तिनले दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्डदान र सिदादान गर्छन्।

यस अवसरमा चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा मेला लाग्ने भएको छ। नगरप्रमुख घनश्याम गिरीका अनुसार मेलाका सबै तयारी पूरा भइसकेका छन्।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्ष आमाको मुख हेर्न नहुने भन्ने प्रचार भ्रमपूर्ण भएको स्पष्ट पारेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै