नेशनल लाइफको कूल बीमाशुल्क ३१ प्रतिशतले बढेर १२ अर्ब माथि
द्रब्य न्युज सम्वादाता
काठमाडौँ। नेशनल लाइफ इन्स्योरेन्स (NLICL) ले गत आर्थिक वर्षको असार मसान्तसम्ममा कुल १२ अर्ब १६ करोड ५५ लाख रुपैयाँ बीमाशुलक आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा यो ३१ प्रतिशत अर्थात २ अर्ब ८९ करोड ८१ लख रुपैयाँले बढी हो ।
अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनी नौ अर्ब २६ करोड ७४ लाख रुपैयाँ मात्रै कूल बीमाशुल्क संकलन गरेको थियो । यस्तै पहिलो बीमाशूल्कमा पनि ७० प्रतिशतले बढेर ४ अर्ब रुपैयाँ आर्जन गर्न सफल भएको कम्पनीले जनाएको छ ।












