पर्यटनमन्त्रीसँग एनएमए अध्यक्षको गुनासो: बजेट रोकियो
काठमाडौं। नेपाल पर्वतारोहण संघ (एनएमए)का अध्यक्ष निमानुरु शेर्पाले कर्मचारीहरुको अड्चनका कारण संघको बजेट रोकिएको गुनासो गरेका छन्।
आइतबार कार्यालयमा आएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्द्रीप्रसाद पाण्डेसँग संघले राम्रो काम गरेपनि कर्मचारीको अड्चनका कारण विनियोजित बजेट रोकिएको गुनासो गरेका हुन्।
हामी नेपालका हिमाली पर्यटनलाई प्रवर्द्धन गर्न लागि रहेका छौं। सरकारको सबै निर्देशन पालना गरेका छौं। तर, केही कर्मचारीहरुबाट बारम्बार सोधपुछ हुने र बजेट नै रोकिनाले हामीले गरेका महत्वपूर्ण काम प्रभावित भएका छन्’, अध्यक्ष शेर्पाले मन्त्री पाण्डेसँग गुनासो गरे। उनले मन्त्री पाण्डेलाई संघका कामकारबाहीहरु सहज तरिकाले गर्ने वातावरण मिलाइदिन अनुरोधसमेत गरे।
साथै उनले मन्त्री पाण्डेसमक्ष आगामी कार्ययोजना तथा रणनीतिसमेत प्रस्तुत गरेका थिए।












