प्रेस चौतारी नेपालको अध्यक्ष गणेश पाण्डे चयन – Sagarmathapana:: Online News Portal

प्रेस चौतारी नेपालको अध्यक्ष गणेश पाण्डे चयन

   २०८१ चैत्र ११ गते  

विराटनगर। प्रेस चौतारी नेपालको अध्यक्ष गणेश पाण्डे चयन भएका छन् ।

विराटनगर जारी १० औं महाधिवेशनमा अध्यक्षकाे दाबेदार राजेश राईले दाबी छाडेपछि पाण्डे सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।

राईले महाधिवेशनमा निर्वाचन माग गरेका थिए, तर नेतृत्वले निर्वाचन हुन दिएनन्, दाबी छाड्नुअघि उनले भावुक सम्बोधन गरेका थिए ।

उनले सम्बोधन गर्दा प्रतिनिधिकाे रुवाबासी चलेको थियो ।

केन्द्रीय कमिटीको उपाध्यक्ष चेतन अधिकारी र कृपा भण्डारी चयन भए,महासचिव हिरामान लामा नै दोहोरिए । महाधिवेशनबाट केन्द्रीय समिति सर्वसम्मत घोषणा गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै