सशस्त्र प्रहरीको नाम फेर्ने योगेशको प्रस्तावमा विराजभक्तको समर्थन – Sagarmathapana:: Online News Portal

सशस्त्र प्रहरीको नाम फेर्ने योगेशको प्रस्तावमा विराजभक्तको समर्थन

   २०८१ फाल्गुन १२ गते  

काठमाडौँ।रास्वपाका सांसद विराजभक्त श्रेष्ठले सशस्त्र प्रहरी बल नेपालको नाम फेर्ने नेकपा एमाले सांसद योगेश भट्टराईको प्रस्तावप्रति समर्थन जनाएका छन् ।

सोमबार बसेको प्रतिनिधि सभा बैठकमा सशस्त्र प्रहरी विधेयकमाथिको छलफलमा बोल्दै सांसद श्रेष्ठले सशस्त्रको नाम फेर्ने प्रस्ताव उचित रहेको बताएका छन् ।

‘यसअघि माननीयज्यूले नाम फेर्न उपयुक्त हुने सुझाव दिनुभयो । मलाई पनि त्यो ठीकै लाग्यो । सशस्त्र सुरक्षा बल राख्न उचित हुन्छ । किनभने यस्को काम कर्तव्य र अधिकारलाई अझ परिस्कृत गर्नका लागि’ उनले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै