कुम्भ स्नान गरेर फर्किदै गरेको स्कारपियो दुर्घटना हुँदा चार जनाको मृत्यु
काठमाडौं।कुम्भ स्नान गरेर फर्किदै गरेको स्कारपियो दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
भारतको यूपी राज्य अन्तर्गत गोरखपुरमा मेलाबाट फर्किदै गरेको स्करपियो ट्याक्टरसँग ठोक्किएर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सप्तरीको कञ्चनरुप वडा नम्बर ७ का अन्दाजी ६५ वर्षीय पर्शुराम चौधरी, ५५ वर्षीया लीलाबती देवी र कञ्चनरुप वडा नम्बर ५ का ५५ वर्षीया हरिहरदेवी यादव रहेका छन् ।
यसैगरी, सोही दुर्घटनामा सुनसरीको मधुवनकि सन्तुलिया देबि यादवको पनि निधन भएको छ ।












