भैरहवामा मोटरसाईकल चोरहरु चोरीका मोटरसाइकल सहित पक्राउ – Sagarmathapana:: Online News Portal

भैरहवामा मोटरसाईकल चोरहरु चोरीका मोटरसाइकल सहित पक्राउ

   २०८१ फाल्गुन ७ गते  

काठमाडौँ।रुपन्देही प्रहरी ले मोटरसाईकल चोरी गर्ने ५ जना लाई पक्राउ गर्नु को साथै ४ वटा मोटरसाईकल लाई नियन्त्रण मा लिएको छ।

पक्राउ पर्ने हरु मा बुटवल उप-महानगरपालिका वडा नं. ११ बस्ने २८ वर्षिय मनु थापा, २३ वर्षिय कमल बहादुर गाहा मगर, कोटहिमाई गाउँपालिका वडा नं. ३ बस्ने २६ वर्षिय राजेश यादव, १९ वर्षिय धिरेन्द्र यादव र मायादेवी गाउँपालिका वडा नं. ३ बस्ने १९ वर्षिय सोनु बनिया रहेका छन्।

नियन्त्रणमा लिईएका सवारी साधन हरु मा लु २३ प ९०५५ नम्बरको स्कुटर ,नम्बर प्लेट नभएको च्यासिस नं. ME4SC366CA8402607 र ईन्जिन नं. JC36C9595357 भएको १२५ सि.सि.को होण्डा साईन ,लु ५४ प ७६८२ नम्बरको सुपर स्पलेण्डर र लु १३ प ४११२ नं. नम्बरको हिरो होण्डा मोटरसाईकल रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै