दैलेखमा तिलहरी चोरेर बिक्री गर्न खोज्दा भन्दिन्छु भनेपछि बालकको ह’त्या
काठमाडौं।दैलेखमा एक बालकको ह’त्या गरिएको घटनामा शव भेटिएको छ। गत माघ २५ गते हराएका राजनको शव फागुन ३ गते शनिबार प्रहरी टोलीले खोलामा गा’डिएको अवस्थामा फेला पारेको हो।

अनुसन्धान अनुसार, चोरी गरेर ल्याएको सुनको गहना (तिलहरी) बिक्री गर्ने बिषयमा आपसमा विवाद हुँदा राजनले अरुलाई भनिदिने डरले आफ्नो साथीहरुले माघ २५ गते राती नै उनको ह’त्या गरेर घर नजिकै रहेको खोलामा खाल्डो खनी गा’डेका थिए।

प्रहरी निरीक्षक लालबहादुर सुनारका अनुसार, घटनास्थलमा पुगेर शव निकालेपछि अनुसन्धान अघि बढाइएको छ। घटनामा संलग्न दुई जना बालकलाई पक्राउ गरिएको छ, यद्यपि तिनीहरूको नाम प्रहरीले खुलाएको छैन।














