आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा डिजिटल मिडिया र एआई तालिम सञ्चालन हुँदै

काठमाडौं।आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी ज्ञान तथा सीपसँग जोड्ने उद्देश्यले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले एकमहिने Digital Media र AI Advance Training सञ्चालन गर्ने भएको छ।
![]()
![]()
‘Digital र AI संसारमा आदिवासी जनजाति’ भन्ने नारासहित सञ्चालन हुने तालिम २०८३ भदौ १८ गतेदेखि असोज २२ गतेसम्म पूर्ण रूपमा अनलाइन लाइभ माध्यमबाट सञ्चालन हुने प्रतिष्ठानले जनाएको छ। तालिम नेपाली समयअनुसार हरेक दिन साँझ ७ बजेदेखि ९ः३० बजेसम्म सञ्चालन हुनेछ।

तालिममा नेपालका विभिन्न स्थानसँगै विदेशमा रहेका इच्छुक आदिवासी जनजाति समुदायका व्यक्तिसमेत सहभागी हुन सक्नेछन्। सहभागी हुन २०८३ भदौ २ गतेदेखि १५ गतेसम्म आवेदन दिन सकिनेछ। तालिमका लागि रु. १ हजार सेवा शुल्क तोकिएको छ।
प्रतिष्ठानका अनुसार तालिममा वर्तमान डिजिटल युगमा आवश्यक पर्ने प्रविधि र सीपलाई व्यावहारिक तथा सिर्जनात्मक रूपमा सिकाइनेछ। तालिमअन्तर्गत Artificial Intelligence तथा AI Content Creation सम्बन्धी विभिन्न विषय समेटिएका छन्। सहभागीलाई AI Tools, Prompt Engineering, AI Writing, AI Image तथा Video Generation, Agentic AI र NotebookLM लगायतका प्रविधिबारे प्रशिक्षण दिइनेछ।

त्यसैगरी Graphic Design तथा Digital Photography अन्तर्गत Adobe Photoshop, Canva, Digital Photography, Photo Editing तथा Retouching सम्बन्धी सीप सिकाइनेछ। Professional Video Editing अन्तर्गत CapCut, Filmora र Adobe Premiere Pro प्रयोग गरी व्यावसायिक भिडियो सम्पादन गर्ने सीप प्रदान गरिने प्रतिष्ठानले जनाएको छ।
तालिममा Social Media Content Creation अन्तर्गत Facebook, TikTok, YouTube, Instagram, Reels तथा प्रभावकारी Content Strategy निर्माणसम्बन्धी प्रशिक्षणसमेत दिइनेछ।

यस्तै, WordPress मार्फत Website Design, Basic SEO, Domain तथा Hosting सम्बन्धी आधारभूत ज्ञान प्रदान गरिनेछ। Blogging तथा Digital Content Writing अन्तर्गत Blogger/WordPress, SEO Writing, Content Planning र Digital Content Publishing सम्बन्धी सीप सिकाइनेछ।
तालिमले सहभागीलाई रोजगारी तथा उद्यमशीलतासँग जोड्ने विषयलाई समेत प्राथमिकता दिएको छ। Personal Branding, Freelancing तथा Online Earning अन्तर्गत Portfolio निर्माण, Freelancing, Client Acquisition, Digital Services तथा अनलाइन आम्दानीका सम्भावनाबारे व्यावहारिक ज्ञान दिइनेछ।

प्रशिक्षणको अन्तिम चरणमा सहभागीले सिकेका ज्ञान तथा सीपलाई व्यवहारमा प्रयोग गर्दै Real-world Capstone Project तयार गर्ने अवसर पाउनेछन्।
तालिम अवधिमा सहभागीले प्रस्तुत गर्ने सीप, कला, सिर्जनशीलता तथा उत्कृष्ट प्रस्तुतिका आधारमा पुरस्कारको समेत व्यवस्था गरिएको छ। तालिम सफलतापूर्वक सम्पन्न गर्ने सहभागीलाई ई–प्रमाणपत्र (E-Certificate) प्रदान गरिने प्रतिष्ठानले जनाएको छ।
आदिवासी जनजाति समुदायका युवा तथा सिर्जनशील व्यक्तिलाई डिजिटल प्रविधि, एआई तथा नयाँ सञ्चार माध्यमको प्रभावकारी प्रयोगमार्फत ज्ञान, सीप, सिर्जना, उद्यमशीलता र रोजगारीका अवसरसँग जोड्ने उद्देश्यले तालिम सञ्चालन गर्न लागिएको प्रतिष्ठानको भनाइ छ।

डिजिटल प्रविधि र कृत्रिम बुद्धिमत्ताको प्रयोग तीव्र रूपमा बढिरहेको अवस्थामा आदिवासी जनजातिका भाषा, संस्कृति, कला, इतिहास, परम्परागत ज्ञान तथा मौलिक पहिचानलाई डिजिटल माध्यमबाट अभिलेखीकरण, प्रवर्द्धन र विश्वव्यापीकरण गर्न तालिम उपयोगी हुने अपेक्षा गरिएको छ।
तालिममा सहभागी हुन इच्छुकले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको वेबसाइट www.nfdin.gov.np मार्फत जानकारी लिन सक्नेछन्। आवेदन फाराम nfdin-aitraining.gtechvision.com बाट समेत भर्न सकिनेछ।












