केबलकार समर्थन गरेका माबोलाई कालोमोसो दलेको आरोपमा ८ जनाविरुद्ध मुद्दा, पक्राउ पुर्जी जारी – Sagarmathapana:: Online News Portal

केबलकार समर्थन गरेका माबोलाई कालोमोसो दलेको आरोपमा ८ जनाविरुद्ध मुद्दा, पक्राउ पुर्जी जारी

   २०८१ फाल्गुन ५ गते  

काठमाडौं।ताप्लेजुङको पाथीभरामा निर्माणाधीन केबलकारको समर्थन गरेका पदम चेन्जी माबोलाई कालोमोसो दल्ने आठजनाविरुद्ध आपराधिक उपद्रव व्यवहार ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको छ।

माबोले इलाका प्रहरी कार्यालय धरानमा उनीहरूविरुद्ध उजुरी दिएपछि जिल्ला अदालत सुनसरीबाट पक्राउ पुर्जी जारी गरिएको छ। आइतबार मुकुम्लुङ संरक्षण संयुक्त संघर्ष समितिका कार्यकर्ताहरूले धरान-९ स्थित पुतलीलाइनमा माबोलाई कुटपिट गरी कालोमोसो दलेका थिए।


कालोमोसो दल्ने आरोपमा जनमुक्ति पार्टीका केन्द्रीय उपमहासचिव विष्णु थाम्देन, नागरिक उन्मुक्ति पार्टीका नेता अमर इजम, समाजवादी पार्टी धरानका सचिव सुमन चेम्जोङसहित आठजनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ, तर प्रहरीले उनीहरूको नाम गोप्य राखेको छ। सुनसरीका प्रहरीले कानुनविपरीतको कार्य गर्ने जो-कोहीलाई पक्राउ गरी कारबाही गरिने बताएकाे छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै