सामूहिक बलात्कारपछि पीडित किशोरी मृत फेला – Sagarmathapana:: Online News Portal

सामूहिक बलात्कारपछि पीडित किशोरी मृत फेला

   २०८१ फाल्गुन ५ गते  

सिरहा —सामूहिक बलात्कारपछि पञ्चायती बसेर मिलाउने प्रयास गरिएको घटनाकी पीडित किशोरी मृत फेला परेकी छन् । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदा गत माघ ३० मा घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

माघ २७ मा राति करिब ९ बजेतिर शौच गर्न निस्किएकी सदा भोलिपल्ट बिहान ३ बजे रुँदै घर आइपुगेकी थिइन् । मृतककी आमा सीतादेवीका अनुसार चोटपटक लागेको जस्तो अवस्थामा देखिएपछि सोधखोज गर्दा रिंकुले आफूमाथि सामूहिक बलात्कार भएको बताएकी थिइन् । स्थानीय रूपेश मण्डलसहित चन्दन साह र रामविनय मण्डलले मुख थुनेर गाउँबाहिर लगेको र हातखुट्टा समातेर पालैपालो करणी गरेको रिंकुले सुनाएको आमा सीतादेवीले बताइन् ।

‘बिहान ३ बजेतिर छोरी पेट दुखिरहेको छ भन्दै घर आइपुगिन्, जीउमा माटो लागेको थियो । सोधपुछ गर्दा घटनाबारे बताइन्,’ उनले भनिन् । झण्डै दुई सय परिवारको बसोबास रहेको भगवतीपुरमा मृतक किशोरीको घर छेउतिर एकान्तमा छ

घटनाबारे हल्ला भएपछि केही स्थानीयको पहलमा गाउँमै मिलाउन माघ २९ मा पञ्चायती बसेको थियो । पञ्चायतीमा पनि किशोरीले आफूमाथि सामूहिक बलात्कार भएको बयान दोहोर्‍याएकी थिइन् । पञ्चायतीमा घटनाका मुख्य आरोपित रुपेशले डेढ लाख रुपैयाँ पीडितलाई दिनुपर्ने निर्णय भएको थियो । तर, रुपेशका आफन्तले घटनामा तीन जना रहेकाले सबैलाई भाग लगाउनुपर्ने भनेपछि बुधबार सोही विषयमा फेरि पञ्चायती बसेको थियो । त्यसक्रममा फेरि पैसा तिर्ने कुरामा विवाद भएपछि पीडित परिवार त्यहाँबाट निस्केर घर फर्किएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै