०८४ को निर्वाचनमा समाजवादी अभियानको निम्ति नेकपालाई जिताउन विप्लव’को अपिल – Sagarmathapana:: Online News Portal

०८४ को निर्वाचनमा समाजवादी अभियानको निम्ति नेकपालाई जिताउन विप्लव’को अपिल

   २०८१ माघ १४ गते  

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले ०८४ को निर्वाचनमा समाजवादी अभियानको निम्ति नेकपालाई जिताउन अपिल गरेका छन्।

आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेकपालाई ०८४ को निर्वाचनमा जिताए राष्ट्रिय स्वाधिनताका लागि काम गर्ने बताए।


नेपाली जनतालाई संसदीय चुनावबाट समाजवादको यात्रामा लैजाने आफूहरुको चाहना रहेको उनको भनाइ थियो। देशलाई स्वाधिन बनाउने एजेण्डा र नेपाली जनतालाई माथि उठाउने उद्देश्यसहित निर्वाचनमा जान लागेको उनले बताए।

उनले नेपाली जनताको पैसा, दया, माया नभई विश्वास भए मात्रे पुग्ने बताए। एकपटक नेकपालाई विश्वास गरेको खण्डमा आजको व्यवसाय, उत्पादन वृद्धिका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

कसैले पनि हेप्न नसक्ने गरी नेपालको व्यवसायलाई माथि उकास्ने उनको भनाइ थियो। नेपाली जनताले विश्वास गरे बहुमत वा दुई तिहाई सिट नेकपाले जित्ने उनले दाबी गरे।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै