मदन राई बालयौन दुरुपयोगमा दोषी ठहर
काठमाडौं । बालयौन दुरुपयोगको आरोपमा पक्राउ परेर धराैटीमा छुटेका मदन राईलाई खोटाङ जिल्ला अदालतले दोषी ठहर गरेको छ ।
खोटाङ जिल्ला अदालतका सूचना अधिकारी सुदीपकुमार भट्टराईका अनुसार न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले राईलाई माघ १० गते दोषी ठहर गरेको हाे ।



शुभद्रा–मदन फाउन्डेसनका संस्थापक राईमाथि सोही फाउन्डेसनमा अध्ययनरत बालिका तथा किशोरीहरूलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो ।


राईलाई सजाय निर्धारणका लागि २५ माघमा अर्को पेसी तोकिएको छ । दोषी ठहर भएकाको सजाय निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्छ । राईलाई तीन वर्षभन्दा बढी कैद सजाय हुन सक्छ ।















