पाथीभरा केवलकार निर्माणको बिरोध गर्ने समुहमाथि प्रहरीको गोली प्रहार दुई जना घाइते – Sagarmathapana:: Online News Portal

पाथीभरा केवलकार निर्माणको बिरोध गर्ने समुहमाथि प्रहरीको गोली प्रहार दुई जना घाइते

   २०८१ माघ १३ गते  

काठमाडौं। पाथीभरा केवलकार निर्माणको बिषयमा बिरोध गर्दैआएका समुहमाथि प्रहरीले गोली प्रहार गरेको छ । गोली प्रहारबाट बिरोध गर्ने स्थानीय दुई जना घाइते भएका छन् ।

यो केवलकार ताप्लेजुङको फुङलिङ नगरपालिका– ११ पाथीभरामा निर्माण भइरहेको छ । निर्माणको विरोधमा ओर्लेका समुहमाथि प्रहरीले शनिबार वेलुका ६ बजे गोली प्रहार गरेका थिए । प्रहरीको गोली लागेर यमबहादुर लिम्बू र धर्मान पालुङ्वा घाइते भएका हुन् । दुवै घाइतेको ताप्लेजुङस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले गोली लागेका एकजनालाई केही अघि र अर्का एकको भर्खरै अस्पताल ल्याइएको जानकारी दिए । उनका अनुसार पाथीभरा क्षेत्रको बलुडाडा आसपास सुरक्षाकर्मी र केबलकार विरोधी पक्षबीच झडप हुँदा प्रहरीले गोली चलाएको हो ।


‘शर्माका अनुसार प्रहरीमाथि गुलेली र ढुंगा प्रहार भएपछि सुरक्षाकर्मीबाट फायरिङ भएको थियो । निर्माणस्थलमा शनिबार दिनभर जसो झडप भएको थियो । झडपको क्रममा पहिचान पक्षधर सुमन लावती घाइते भएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै