सरकारले रोजगारीका लागि वातावरण बनाउने हो:महामन्त्री गगन थापा
१० माघ, काठमाडौं। बिहीबार नवलपरासीस्थित आदर्श क्याम्पस भवनको शिलन्यास कार्यक्रममा महामन्त्री थापाले नेपालमा वर्षको करिब पाँच लाखलाई रोजगारी दिनुपर्नेमा सरकारको तर्फबाट २० हजारले मात्र काम पाउने थापाले दाबी गरे।‘४ लाख ८० हजार मानिस बाँकी रहन्छ। काम कहिल्यै पनि सरकारले दिन सक्दैन।काम भनेको जहिले पनि निजी क्षेत्रले दिन्छ,’ थापाले भने,‘संसार भरी यही हो। सरकारले रोजगारी सिर्जनाका लागि वातावरण बनाउने हो उनले बताए।
एकै दिनको समाचार कस्तो आउँछ हेर्नुस्। एउटा समाचारले भन्छ, दुई हजार मान्छेले नेपाल छोडेर बाहिर गए भन्छ,’ थापाले भने,‘अर्को समाचारले भन्छ, आफ्नो उद्योगमा काम गर्ने श्रमिकहरु नपाएर उद्योगीहरु प्रधानमन्त्री कहाँ डेलिगेशन गए,फेरि अर्को समाचार भन्छ भारत सबैभन्दा बढी आफ्नो श्रमीकबाट आम्दानी गर्ने टप दश देशमध्ये नेपाल पनि निरन्तर पर्छ भन्छ।’
विधालयमा पढाउने विषयवस्तु बजारको मागलाई हेरेर राख्नुपर्ने उनले बताए। दक्ष जनशक्ति उत्पादन नहुँदा रोजगारी प्राप्त नहुने समस्या रहेको उनले सुनाए । बजारको माग हेरउ आवश्यक दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने थापाले बताए ।’












