नियात्रा “कालिञ्चोक भगवती”: भूमिका गैरे, तिमिल्सिना
नियात्रा : कालिञ्चोक भगवती
भूमिका गैरे, तिमिल्सिना
गैंडाकोट : ४, नवलपुर 
” मार्गशीर्ष शुभे मासि यादाद्यात्रा महीपति ” यस भनाइबाट यो स्पष्ट हुन्छ कि ? यात्राको अर्थ गति हो । नियात्रा यात्राको क्रममा देखिएका, भोगिएका राम्रा- नराम्रा अनुभवहरुलाई जस्ताको तस्तै वर्णन गरिन्छ ।हामीले कुनै पनि कुरा प्रत्यक्ष देखेर, छोएर, अवलोकन गरेर नियात्रा तयारगरिन्छ । अनुभवहरु संकलन गर्न, व्यवहारिक ज्ञान प्राप्त गर्न यात्राअनिवार्य हुन्छ । पढेका कुरा बिर्सन सकिन्छ तर प्रत्यक्ष देखेका, अनुभवगरेका कुरा हाम्रो मनसपटलमा सदा ताजा रहिरहने हुँनाले पनि यात्रागर्नुपर्ने हुन्छ । मानिसलाई व्यस्त जीवन, दिनरातको काम गरिरहदाकहिलेकसो यात्राले पनि पुन: ताजापन आउँने हुँनाले पनि यात्राकोमहत्त्वपूर्ण भूमिका रहन्छ । कुनै पनि ठाउँको धार्मिक, सांस्कृतिक , प्राकृतिक, पौराणीक , ऐतिहासिक महत्त्व बुझ्न त्यस ठाउँको भाषा, धर्म, संस्कृति , रहनसहन, जीवनशैली, चालचलन नजिकैबाट नियाल्न यात्राआवश्यक हुन्छ । यात्राबाट हामीले प्रत्यक्ष रुपमा धेरै तितामिठाअनुभवहरु संकलन गर्छौँ ।
गैंडाकोट नगरपालिका वार्ड नम्बर -१ मा रहेको श्री सरस्वती निकेतन आवासीय माध्यमिक विद्यालयबाट हामी शिक्षकसाथीहरु नेपालको दोलखा जिल्लामा अवस्थित कालीञ्चोक भगवतीको थानमाजाने निर्णय गर्यौँ । त्यसका लागि २०८० साल पौष २८ र २९ गतेलाईरोज्यौँ । हामी २० जना शिक्षकसाथीहरु बिहानको ५:०० बजे हाइसमाचढ्यौँ । जसमा म लेखक स्वयम् भूमिका गैरे तिमिल्सिना पनि उपस्थित थिएँ ।
नारायणगढ, मुग्लिनको सडकखण्ड हुँदै हाम्रो यात्रा अगाडि बढ्यो ।हामी बिहान ११:०० बजे कलङ्की पुग्यौँ र खाना खायौँ ।
त्यसपछि हाम्रो यात्रा बनेपा, धुलीखेल, पाँचखाल , दोलालघाट सिन्धुपाल्चोक , सुकुटे, जलबिरे, खाडीचौर, सुनकोशी हुँदै अगाडिबढ्यो । सिलढुङ्गा, मुडेमा खाजा खाई खरीढुङ्गा, गोच, मकैबारी हुँदैचरिकोटसम्म पुग्यौँ । त्यहाँ पुग्दा बेलुकाको ८: ०० बजेको थियो । त्यहाँ किनमेल गरेपछि चरिकोटबाट अलिकति अगाडिबाट कुरीगाउँ जानकालागि छुट्टै वलेरो जीप र हाइसमा दस- दसजना गरी गयौँ । १८किलोमिटरको पहाडी घुमाउरो , साघुँरो बाटो रहेछ । कहीँ कच्ची त कहीँ पक्की बाटो हुँदै हामी उकालो चढ्दै गयौँ । रातीको समय जङ्गलीजनावरहरुको डर, दुबैतर्फ घना जङ्गलका बीच साघुँरो बाटो हुँदै हामीउकालो लाग्यौँ । हामी कुरी गाउँ ९:३० मा पुग्यौँ ।
हामी त्यहाँ गएर होमस्टेमा बस्यौँ । अत्यन्तै चिसो , हिउँ पर्ने ठाउँ रहेछकुरी गाउँ । होमस्टेका दाजुले दुईटा मकलमा आगो बालिदिनु भयो । हामीचिया पिउदै त्यहीँ आगोको नजिक गोलो भएर बस्यौँ । दिनभरिकायात्राका लगाएत अन्य विषयमा गफ गर्दै रमाइलो गर्यौ । रातीको ११:३०बजे खाना खायौँ । त्यसपछि केही साथीहरू हिउँ परेको हेर्न जानुभयो ।राती १:०० बजे सुत्यौँ ।
भोलिपल्ट बिहान ५:०० बजे हामी सबैजना उठ्यौँ । बिहानकोनित्य कर्म सकेर हामी कालिञ्चोक भगवतीको थानतर्फ लाग्यौँ ।
नेपालको दोलखा जिल्लामा रहेको समुन्द्री सतहदेखि करिब३८४२ मिटरको उचाइमा अवस्थित कालिञ्चोक भगवतीको थानतर्फप्रस्थान गर्यौँ । हामी जादैँ गर्दा कोही साथी पैदल हिँडेर त कोही साथीकेवलकारबाट गयौँ । हामी ५:०० मिनेटमा केवलकारबाट डाँडामा पुग्यौँ ।त्यहाँबाट चारैतिर देखिने हिमश्रृखला, मनोरम प्राकृतिक दृश्यले सबैको मनलोभ्यायो । त्यहाँबाट देखिने कञ्चनजंघा , जुगल, गणेश, गौरीशंकर लगाएतका अन्य हिमाली दृश्य अत्यन्तै मनमोहक थियो । त्यहाँ नजिकैसेल्फी डाँडा रहेछ । त्यहाँबाट देखिने चारैतिर पहाड बीचमा झुरुप्प कुरीगाउँ , जसमा एकै किसिमका घरहरुले पनि सबैको ध्यान खिचिरहेकोथियो ।
प्राकृतिक , धार्मिक, सांस्कृतिक , पौराणिक विविधताले भरिएको उक्तठाउँले स्वर्गीय , अलौकिक आनन्दको अनुभूती गरायो । जसको कोहीहुदैन त्यसको कालिञ्चोक भगवती हुन्छिन् भन्ने जनविश्वास रहेछ ।भगवतीको थानमा एउटामात्र वरदान मागेमा सो वरदान पूरा हुँनेजनविश्वास रहेछ । लामो लाइन मानिसहरूको उत्तिकै भिड थियो ।भगवतीको थानमा विशेषगरी त्रिशूल र घन्टी चढाइने रहेछ । त्यहाँ मङ्गलबार र शनिबार भक्तजनहरुको भिड हुँने कुरा मन्दिरका पुजारी भिमथापाबाट जानकारी भयो । त्यहाँ विशेष गरेर नयाँवर्ष, वडादशैं, चैतेदशैं , जनैपूर्णिमा लगाएतका पर्वहरुमा बढी भिड हुँने रहेछ ।
हामी करिब ८:३० बजेतिर त्यहाँबाट फर्कियौँ । सबैजनाले खाना खाई९:३० मा जीप चढी तल झर्यौ । साह्रै मनमोहक दृश्य , हिमाल, पहाड, वरिपरिको बजार सबै देखिने हुँदा रमाइलो अनुभव भयो । बाटो साघुँरोभएपनि त्यहाँबाट देखिने दृश्य अत्यन्तै सुन्दर थियो ।
करिब ११:३० मा हामी दोलखा, चरिकोटको भीमेश्वर मन्दिर दर्शनगर्न पुग्यौँ । मन्दिर पुग्नुभन्दा केही अगाडिबाट ढुङ्गाले छापेको साघुँरोबाटो रहेछ । मन्दिरमा बिहान, दिउँसो गरी विशेषत: तीन अवतारको पूजागरिने कुरा रहेछ । देशमा ठूलै अनिष्ट हुँनु पूर्व भीमेश्वर महादेवको मूर्तिमापसिना आउँने रहेछ ।
शाहवंशीय राजा बिरेन्द्रको वंशनाश हुँनु पूर्व, २०७२ सालको भूकम्प जानुपूर्व मूर्तिमा पसिना आएको रहेछ । मूर्तिमा पसिना आएदेखि देशमा ठूलैअनिष्ट घटना घट्न सक्ने सङ्केत हो भनि स्थानीय बासिन्दाहरुले विशेषकिसिमको पूजा गर्ने गर्दा रहेछन् भन्ने जानकारी मन्दिरका पुजारीबाट थाहा भयो ।
धार्मिक मान्यता, व्यापारिक दृष्टिकोणले पनि भीमेश्वर मन्दिर चिनिने रहेछ। कालिञ्चोक भगवतीको थानमा दर्शन गरेपश्चात भीमेश्वर मन्दिरकोदर्शन गरेपछि मात्र मनोकाङ्क्षा पूरा हुँने जनविश्वास रहेको पनि मन्दिरपुजारीबाट जानकारी भयो ।
हामी सबैजना १:०० बजे त्यहाँबाट फर्कियौँ । करिब ३:०० बजे मुडेमाखाजा खाई सिन्धुपाल्चोकको खाडीचौरबाट लामोसाँघु हुँदै हामी अगाडिबढ्यौँ । हामीले बाटो वरिपरिको प्राकृतिक स्रोत एवम् कृतिम संरचना हेर्दैहाम्रो यात्रा अगाडि बढ्यो । बाह्रबिसे, राम्चे, भोटेकोशीमा रहेको ठूला- ठूला सुरुङहरु हेर्दै तातोपानी हुँदै नेपाल र चीनको सङ्गम स्थलखासासम्म पुग्यौँ । त्यहाँ पुग्दा बेलुकाको ५:२० भएको थियो ।
करिब ७:०० बजे हामी त्यहाँबाट पुन: फर्कियौँ । हाम्रो घर फर्कनेरात्रीकालीन यात्रा शुरु भयो । राती ११:०० काठमाडौँको कलङ्की आएरखाना खायौँ । १२:२० मा हामी त्यहाँबाट हिड्यौँ । धादिङ्मा चिया पिईपुन: हामी त्यहाँबाट फर्कदै गर्दा हामीसबै निदाएका थियौँ । समय २:४०भएको थियो ।
बेनीघाटमा आइपुग्दा मुग्लिनबाट जाँदै गरेको बस र हामी चढेको हाइसकरिब १० मिटरको बीच दुरी थियो । एक्कासी ! माथिबाट ढुङ्गासहितकोसुख्खा पहिरो खसी दुबै गाडी टक्क रोकियो । हामी चढेको हाइसमा ठूलैढुङ्गाले लागी हाइस अगाडिको भागमा क्षति भयो । सबैजना हतासियौँर डरायौँ पनि । हाइस व्याक गर्दा पछाडि जीपमा नराम्रोसित ठोकियो ।पछाडि जाम परी सकेको रहेछ ।
सबैजना अतालिदै ओर्लिनु भयो । म भने अगाडि थिए । हाइसको ढोकाखुलेन सायद ! आत्तिएर होला । यसो पछाडि हेर्दा त सबै निस्किसक्नुभएको रहेछ । यसो हेर्दा त सुरज सर र ड्राइभर दाजु पनि निस्किसक्नुभएको रहेछ। अनि त झन आत्तिदै ड्राइभरको साइडबाट निस्किए । पहिरोखस्ने क्रम जारी रह्यो । सबैजना स्तब्ध भयौँ । एक- अर्काको मुखमाटुलुटुलु हेरिरह्यौँ । हातगोडा थरथर कापिरहेका थिए । आज ! ठूलै काललेबाँचियो भन्यौँ भगवान् सम्झियौँ ।
जीप र हाइस बीचमा विवाद सृजना हुँन थाल्यो । अनुकुल समय हेरेर हामीबाटो कट्यौँ । केही अगाडि बेनीघाटको अस्थायी प्रहरी क्याम्पमा आयौँ ।विवादले ठूलै रुप लियो । हाइस र जीप बीच कानुनी प्रक्रियाबाट सहमतिभयो । हामी बिहान ४:२० मा पुन : त्यहाँबाट नारायणगढतर्फ अगाडिबढ्यौँ । यसरी बिहान ६:३० बजे सकुसल घरमा आइपुयौँ ।
नेपालमा सडकको अवस्था अत्यन्तै नाजुक छ । कति बेला कहाँ केहुँने हो, थाहा छैन ? यस्तो स्थितिमा आन्तरिक पर्यटक लगाएत अन्यलाईपनि अत्यन्त जोखिम छ । पहाडी बाटो डोजर चलेपछिको खुकुलो माटोकतिखेर खस्ने हो थाहै छैन ? आफनो ज्यान नै जोखिममा राखेर यात्रागर्नुपर्ने कस्तो वाध्यता ? यस्मा सम्बन्धित निकायको ध्यानाकर्षण होस् ।
आन्तरिक पर्यटकलाई प्रवर्द्धन गराउँन सकेमा हाम्रो देशमा विभिन्न ठाउँकाकुनाकाप्चामा रहेका स्वर्गीय आनन्द महसुस गराउँने यस्ता कैँयौँ ठाउँहरुछन् । जुन हामीले नजिकैबाट देख्न, बुझ्न र जान्न जरुरी छ । हामीविदेशका झिलमिलदेखि रमाउँन खोज्छौँ तर आफ्नै देशको बारेमा खासैचासो राख्दैनौँ । पहिला आफ्नै देशका विभिन्न ठाउँको बारेमा अध्ययन, अवलोकन, भ्रमण गरी जानकार रहनुपर्छ । जसले गर्दा नेपालमा रहेकाविभिन्न जात, विभिन्न भाषा, विभिन्न संस्कृति , रहनसहन, चालचलन, दिनचर्या , भौगोलिक पर्यावरण , जनजीवन, परम्परालाई नजिकैबाटअध्ययन गर्न सकिन्छ । नेपालका विभिन्न आस्था बोकेका धार्मिकस्थलहरुको पनि जानकारी हुन्छ । नेपाल क्षेत्रफलमा सानो भएता पनियहाँ विभिन्न भाषा, जात, धर्म, संस्कृति , परम्परा अटेकाले यो आफैंमाविशाल छ ।
सम्पर्क नं. 9845327320












