राष्ट्रिय संगीतकर्मी संघ धादिङको चौथौं अधिबेशन सम्पन्न: अध्यक्षमा गायिका रजनी लामा
धार्के,धादिङ । गायिका रजनी लामाको अध्यक्षतामा कलाकारहरुको साझा संस्था राष्ट्रिय संगीतकर्मी संघ धादिङको सातौं साधारण सभा तथा चौथौं अधिबेशन सम्पन्न भएको छ ।
अधिवेशनबाट गायिका लामाको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको छ।






जसको बरिष्ठ उपाध्यक्षमा सुमन बि.टी, उपाध्यक्षमा दुर्गा बिडारी, रबि भट्टराई, यसोदा बिडारी,दशरथ डंगोल,दिपक बराल, सचिवमा राजेन्द्र दुतराज, उपसचिवमा देबि सिटौला, कोषाध्यक्षमा इन्द्र तामाङ्ग, सह कोषाध्यक्षमा बिना परियार, प्रबक्तामा विकाश घिमिर,प्रचार प्रसार प्रमुखमा रस्मिता रिजाल, जनसम्पर्क विभाग प्रमुखमा सितल गिरी र कार्यक्रम संंयोजकमा इश्वर सेन्चुरीलाई चयन गरिएको छ।


त्यसै गरी सल्लाहकारहरुमा निलम पन्त र कुमार बैरागी रहेका छन्। धादिङको थाक्रे ८ मा रहेको गौज्येदेवी मन्दिरको प्राङगणमा थाक्रे गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष पे्रम कुमार थापाको प्रमुख आतित्यता रहेको थियो ।














