विराटनगरमा सुविधासम्पन्न तथा अत्याधुनिक क्रिकेट रंगशाला बन्ने
काठमाडौं । कोशी प्रदेश तथा पूर्वकै ठूलो नगरीमा १० हजार सिट क्षमताको गिरिजाप्रसाद क्रिकेट रंगशाला बन्ने भएको छ । विराटनगर वडा नं. १९ वैजनाथपुरमा बन्ने अन्तर्राष्ट्रियस्तरको रंगशाला र व्यवस्थित खेलाडी प्रशिक्षणस्थल रहनेछ ।
पौने ३ अर्ब रुपैयाँ लागतमा बन्ने रंगशालामा क्रिकेट मैदानसँगै ५ हजार सिट क्षमताको एथ्लेटिक्स ट्र्याक, फुटबल कम रग्बी रंगशाला पनि रहनेछ । यसबाहेक प्याभेलियन, बहुउपयोगी कभर्ड हल, गार्ड हाउस, टिकट काउन्टर, अभ्यास नेट, होस्टल ब्लक, रेस्टुरेन्ट, स्विमिङ पुल, जिम हल, खेलाडी ब्लक, पार्किङ क्षेत्र, बाटो र हरियाली क्षेत्रजस्ता संरचना बन्नेछन् ।












