नेपाल पत्रकार महासंघ: एशोसियन प्रदेश तर्फ प्रदेश नयाँ पदाधिकारी
काठमाडौं । नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिको अध्यक्षमा रोयल आचार्य (डम्बरप्रसाद) विजयी भएका छन् । शुक्रबार सम्पन्न महासंघ निर्वाचनमा आचार्यले २६६ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी स्मृति ढुंगानाले १९२ मत प्राप्त गरिन् ।
उपाध्यक्ष (समावेशी) मा पुष्पा थपलियाले २१७ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी पवित्रादेवी ढकालले १८६ मत प्राप्त गरिन । यस्तै, महासचिवमा अशेष अधिकारीले २५४ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिस्पर्धी भानु भट्टराईले १६७ मत प्राप्त गरे । अन्य पदमा यस अगाडि नै निर्विरोध रुपमा पदाधिकारी र सदस्य निर्वाचित भईसकेका छन् ।
यसरी निर्विरोध निर्वाचित हुनेहरुमा उपाध्यक्ष (खुला)मा ध्रुब तुलाधर, सचिब (खुला)मा सुरज पौडेल, सचिव (समावेशी)मा बिक्रम सुनार, कोषाध्यक्षमा राजेन्द्र प्रजापति रहेका छन् ।
महासङ्घ एसोसिएटअन्तर्गत कार्टुनिष्ट क्लब, चलचित्र पत्रकार सङ्घ नेपाल, चलचित्र समीक्षक समाज, दक्षिण एसियाली पत्रकार, एभरेष्ट प्रेस क्लब, नेपाल खेलकुद पत्रकार मञ्च, नेपाल पत्रकार मञ्च, अनलाइन पत्रकार सङ्घ, पर्यटन पत्रकार मञ्च, पत्रकारिता विकास समाज, फोटो जर्नालिस्ट क्लब र पत्रकारिता अनुसन्धान तथा तालिम समाज रहेका छन् ।
यस्तै गरी एशोसियन प्रदेश तर्फ प्रदेश कार्यसमिति सदस्य तर्फ महिला समावेशी प्रदेश सदस्यमा सरिता भारती, दिल कुमारी नेपाल र कमला नेपाल रहेका छन् । प्रदेश सदस्य खुला तर्फ निरज पन्थी, केशव प्रसाद पाण्डे, नविन लुईटेल, सुवास पौडेल र सरोज बस्याल रहेका छन् । प्रदेश सदस्य आदिवासी जनजाति तर्फ रोशन कुमार चौधरी, प्रदेश सदस्य मधेशी तर्फ धिरेन्द्र तिवारी र सन्तोष कुमार मिश्र एवम् प्रदेश सदस्य अल्पसँख्यक तर्फ नविन नरसिंह नेपाली (कानु हलुवाई साह) रहेका छन् ।
विजेता पदाधिकारी एवम् कार्यसमिति सदस्यहरुलाई एक दुई दिनमै एक कार्यक्रम आयोजना गरी सपथ ग्रहण गराएर प्रमाणपत्र प्रदान गरिने निर्वाचन संयोजक धु्रब लम्सालले जानकारी गराएका छन् ।