दुबईमा नेवा: पुच: युएई द्धारा यमरी पुन्ही कार्यक्रम भव्य रुपमा सम्पन्न – Sagarmathapana:: Online News Portal

दुबईमा नेवा: पुच: युएई द्धारा यमरी पुन्ही कार्यक्रम भव्य रुपमा सम्पन्न

   २०८१ पुष १ गते  

युएई । नेवा: पुच: युएई द्धारा दुबईमा यमरी पुन्ही कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । 

नेवार हरुको प्रमुख चाड मध्येको एक यःमरी पुन्हि नेवा: पुच: युएईले मिति २०२४ डिसेम्बर १५ का दिन दुबई स्थित जाबिल पार्कमा यःमरी, नेवार खाजासेट़ चिउरा ,साग, भटमास,अचार, तारेको आलु, गुन्द्रुक साँधेको, बारा, अण्डा, मुलाको अचार, छोयला, आलुतामा,अचार र चिया, चना सेल सहित बिभिन्न परिकार बनाई भब्य रुपमा विभिन्न रमाईल‍ो खेलहरु जस्तै तातो आलु, बेलुन फुटाउने, काँँचो अण्डाखेलि पारिवारिक वातावरणमा सम्पन्न भएको छ ।

संस्थागत अतिथिमा सपरिवार सहित उपस्थित हुनुभएका गैरआवासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय परिषद मध्यपुर्व उप-संयोजक नेपाल एसोसिएसन एनआरएनए एनसीसी युएईका पुर्व अध्यक्ष एवम् वर्तमान सल्लाहकार , सफल ब्यवसायी तथा नेवा: पुच: युएई का सल्लाहकार रमेश श्रेष्ठ एवं सम्पुर्ण परिवार, नेपाली समाज युएईका पार्षद अध्यक्ष राम मोक्तान​, नेपाल आदिवासी जनजाति महासंघ युएईका प्रमुख सल्लाहकार सनिल धिसिङ एवम परिवार लगायत नेफिन युएई परिवार र मातहतका विभिन्न जातिय संस्थाका ब्यक्तित्व ज्युहरु लगायत अन्य विभिन्न संघ संस्थाका कार्य समितिका व्यक्तित्वहरु, प्रतिनिधिहरुको बाक्लो उपस्थिति थियो भने सदस्य गोपाल श्रेष्ठ वाईफिन युएई का टिम सहित सहभागी हुनुभएको जानकारी प्राप्त भ​एको छ ।

सबै अतिथि गणहरुलाई अध्यक्ष बिरेन्द्र नकर्मी, निवर्तमान अध्यक्ष लक्ष्मण श्रेष्ठ महासचिव कुमार बलामी, लगायत कार्य समितिका अरु सदस्यहरुले स्वागत गरेका थिए ।

यस कार्यक्रमलाई सफल बनाउन यःमरी बनाएर ल्याउनु हुने अध्यक्ष बिरेन्द्र नकर्मी , संयोजकत्व गर्नु भएका उपाध्यक्ष दिपेश श्रेष्ठ, बिहान देखि भोलियन्टेर कार्यमा खट्नु भएका, उपाध्यक्ष सुनिलमानजी, कोषाध्यक्ष नविना शाक्य, संरक्षक प्रमोद श्रेष्ठ, सल्लाहकार भुवन नकर्मी, लामो समय युएई वस्नु भएका व्यक्तित्व किरण वज्राचार्य, सदस्य सुवास श्रेष्ठ, महिला सदस्य एलिना श्रेष्ठ, श्री आशिक भाइ र जयराम भाइ रहनु भएको जानकारी महासचिव कुमार वलामीले गर्नु भ​एको थियो । जसमा सदस्य सुवास श्रेष्ठ र महिला सदस्य एलिना श्रेष्ठ नेवार पोशाकमा सजिएका थिए ।

कार्यक्रममा खानपिन साथै यःमरी पुन्हिको शुभकामना आदान प्रदान साटासाट गर्दै, रमाईलो मान्दै बिदावारी भएका थिए । ​

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै