भक्तपुरले नगरकोट भ्रमण वर्ष २०८२ गर्ने – Sagarmathapana:: Online News Portal

भक्तपुरले नगरकोट भ्रमण वर्ष २०८२ गर्ने

   २०८१ मंसिर १५ गते  

काठमाडौं । नेपाल प्रेस सोसाइटी सूर्यविनायक भक्तपुरले नगरकोट भ्रमण वर्ष २०८२ गर्ने भएको छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिका क्षेत्रमा २०८२ वैशाख १ गतेदेखि नगरकोट भ्रमण वर्ष २०८२ हुने चाँगुनारायण नगरपालिकाको समृद्धि विषयमा शुक्रबार नगरप्रमुख जीवन खत्रीसँगको अन्तरक्रियामा नगरप्रमुख खत्रीले भ्रमण वर्षको तयारी पूरा भएको जनाए ।

नयाँवर्ष २०८२ को वैशाख १ गतेदेखि भ्रमण वर्ष सुरु हुने उनले जनाए । भ्रमण वर्षको क्रममा वर्षभरि नगरपालिकाको वडा नं १ देखि ९ सम्मकै सम्पूर्ण क्षेत्रमा विभिन्न क्रियाकलापहरु हुने उनले जनाए । यसले नगरबासीको आर्थिक समृद्धिमा सहयोग पुग्ने विश्वास उनले गरे ।

चाँगुनारायण नगरपालिकामा दोश्रो पटक स्थानीय निकायको निर्वाचन भएर २०८० मा खत्रीको नेतृत्वमा चाँगुनारायण नगरपालिकामा नयाँ जनप्रतिनिधि आएको पहिलो बैठकमै नगरकोट भ्रमण वर्ष २०८२ को निर्णय गरी घोषणा भएको थियो । घोषणा लगतै नगरपालिकाले तयारीको काम थालेको भन्दै प्रमुख खत्रीले भ्रमण वर्षलाई सफल पार्न सवैसँग सहयोगको आशा व्यक्त गरे ।

कार्यक्रममा चाँगुनारायण नगरपालिका वडा नं ६ नगरकोटका वडा अध्यक्ष धनबहादुर लामाले नगरकोट भ्रमण वर्ष २०८२ का विविध विषयमा चर्चा गरेका थिए । कार्यक्रम सोसाइटीका अध्यक्ष उपेन्द्र केसीको सभापतित्वमा सम्पन्न भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै