चलचित्र ‘होस्टेल-३’को छायांकन सकियो: आर्यन सिग्देल आउट प्रविन खतिवडा इन – Sagarmathapana:: Online News Portal

चलचित्र ‘होस्टेल-३’को छायांकन सकियो: आर्यन सिग्देल आउट प्रविन खतिवडा इन

   २०८१ मंसिर १५ गते  

काठमाडौँ। चलचित्र ‘होस्टेल- ३’ को सम्पूर्ण छायांकन सकिएको निर्माण टिमले जानकारी गराएको छ।

प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘होस्टेल- ३’ बाट अभिनेता आर्यन सिग्देलको ठाउँमा प्रविन खतिवडा भित्रिएका छन्। चलचित्र टिमले केहि महिना अघि ‘वार्डेन’को भूमिकामा आर्यन सिग्देललाई अनुबन्ध गरेको थियो। सशान कँडेलको निर्देशनमा बनेको ‘होस्टेल ३’ आगामी फागुन १६ गते विश्वभर एकसाथ रिलिज हुने तयारीमा छ।प्रविन खतिवडाले आफ्नो सम्पूर्ण छायांकन सकाएका छन्।

चलचित्रमा ‘कुल ब्वाय’ अर्थात् पारस बम, रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी, उमर खान, समा पराजुली, सन्तोष बानियाँ लगायतका कलाकारहरूले अभिनय गरेका छन् ।

‘होस्टेल ३’ को स्क्रिप्ट माधव शर्माले लेखेका हुन् भने कथा निर्देशक कँडेलकै हो। यसलाई सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा निर्माण गर्दै छ। कार्यकारी निर्माता शङ्कर कोइराला, निर्माता कर्ण कार्की र गोविन्द अधिकारी हुन्। सह-निर्माताहरूमा सुधा मरहट्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा छन् भने लाइन प्रोड्युसर भेषराज गौतम हुन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै