‘मैले संसदमा माइकले हानेर सभामुखको टाउको फुटाउन खोजेकी थिएँ’ – Sagarmathapana:: Online News Portal

‘मैले संसदमा माइकले हानेर सभामुखको टाउको फुटाउन खोजेकी थिएँ’

   २०७८ भाद्र २५ गते  

काठमाडौँ( एमाले सांसद रेखा झाले संसदमा शुक्रबार माइकले हानेर सभामुख अग्नि सापकोटाको टाउको फुटाउन खोजेको र एमाले अध्यक्ष केपी शर्मा ओलीले रोकेको प्रतिक्रिया दिएकी छन्।हुलदंगाबीच संसदमा खसेको माइक टिप्नै लाग्दा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई रोकेका थिए। ओलीले ‘नगर्नू’ भनेर रोकेपछि आफू रोकिएको झाले बताइन्।

‘मैले त माइकले हानेर सभामुखको टाउको फुटाउन खोजेको थिएँ, तर मलाई अध्यक्षज्यूले रोक्नुभयो,’ झाले संसद सकिएपछि संवाददाताहरुसँग भनिन्।
विपक्षीको विरोधका बाबजुद अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार प्रतिस्थापन विधेयक संसदमा प्रस्तुत गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै