अभिभावकविहीन २ बालिका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जिम्मा लिए – Sagarmathapana:: Online News Portal

अभिभावकविहीन २ बालिका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जिम्मा लिए

   २०८१ मंसिर ११ गते  

काठमाण्डौ।झाँक्री प्रकाश भुजेलको गाडीले ठक्कर दिँदा मृत्यु भएका नगरकोटी दम्पतीका दुई छोरीको अभिभावक बन्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले घोषणा गरेका छन्।

झाँक्री भुजेलको गाडीले ठक्कर दिँदा मृत्यु भएका कागेश्वरी मनोहरा–२, आलापोटका ३८ वर्षीय नारायण नगरकोटी र उनकी जीवन संगिनी ३२ वर्षीया सानुमाया नगरकोटीको घरमै पुगेर अध्यक्ष प्रचण्डले पीडित परिवारमा समवेदना प्रकट गरेका हुन्।

प्रचण्डको सचिवालयले दिएको जानकारीअनुसार प्रचण्ड सोमबार साँझ त्यहाँ पुगेका हुन्। यस क्रममा उनले नगरकोटी दम्पतीका दुई छोरी गरिमा र अनु नगकोटीको अभिभावक बनेर परिवारको दुःखमा पार्टी र आफू सँगै रहेने घोषणा गरेको प्रचण्डको सचिवालयले जनाएको छ।

‘अध्यक्ष क. प्रचण्ड हिजो (सोमबार) बेलुकी कागेश्वरी मनोहरा–२ आलापोट पुग्नुभयो। झाँक्री प्रकाश भुजेलको गाडीले ठक्कर दिँदा ज्यान गुमाउनु भएका ३८ वर्षीय नारायण नगरकोटी र उहाँकी जीवन संगिनी ३२ वर्षीया सानुमाया नगरकोटीलाई श्रद्धाञ्जली अर्पण गर्नुका साथै परिवारजनमा समवेदना प्रकट गर्नुभयो’, प्रचण्डका स्वकीय सचिव रमेश मल्लले मंगलबार बिहान वक्तव्य जारी गरी भनेका छन्, ‘उहाँले कीर्तिशेष नारायण र सानुमायाका दुई छोरी गरिमा र अनु नगकोटी नानीहरूको अभिभावक बनेर परिवारको दुःखमा पार्टी र आफू सँगै रहने बताउनुभयो।’

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै