प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीको राजीनामा स्वीकृत
काठमाडौं / सभामुख देबराज घिमिरे कम्बोडियामा रहेको बखतमा प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीको राजीनामा स्वीकृत भएको छ ।राष्ट्रपति रामचन्द्र पौडेलले उनको राजिनामा स्वीकृत गरेका हुन् ।
अधिकारीले स्वास्थ्यलाई कारण देखाउँदै राजीनामा दिएको जनाईएको छ । गत असार १७ गते मात्र अधिकारीलाई सभामुख घिमिरेले प्रतिनिधि सभा सचिव नियुक्त गरेका थिए।
सभामुख देवराज घिमिरे कम्बोडिया भ्रमणमा रहेको बेला अचानक सचिव अधिकारीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राजीनामा दिएका हुन्।












