स्थानीय तहको उपनिर्वाचनमा राष्ट्रपति द्वारा सेना परिचालन गर्न स्वीकृती
काठमाडौं / मंसिरमा १६ हुन लागेको स्थानीय तहको उपनिर्वाचनमा राष्ट्रपति रामचन्द्र पौडेलले सेना परिचालन गर्न स्वीकृती दिएका छन्।
संविधानको धारा ६६ को उपधारा २ बमोजिम सेना परिचालन गर्न राष्ट्रपति पौडेलले स्वीकृती प्रदान गरेको विज्ञप्तिमार्फत राष्ट्रपति कार्यालयकी प्रवक्ता सहसचिव शैलजा रेग्मी भट्टराईले जानकारी दिएकी छन्।













