रास्वपाका सभापति रवि लामिछाने लाई अनुसन्धान गर्न अदालतले १५ दिन म्याद थप्यो – Sagarmathapana:: Online News Portal

रास्वपाका सभापति रवि लामिछाने लाई अनुसन्धान गर्न अदालतले १५ दिन म्याद थप्यो

   २०८१ मंसिर ९ गते  

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न आइतबार कास्की जिल्ला अदालतले  १५ दिन म्याद थप गरेको छ । पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलाई थप १५ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अदालतले अनुमति दिएको हो ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको कास्की प्रहरी उनलाई पाँचौँपटक म्याद थपका निम्ति अदालतमा पेस गरेको थियो ।

यसअघि, गएको कात्तिक २५ गते १३ दिन म्याद थप भएको थियो । उक्त म्याद सकिएपछि उनलाई आइतबार अदालतमा उपस्थित गराइएको थियो ।

पाँचौँपल्ट म्याद थपपछि उनलाई काठमाडौं ल्याउने प्रहरीको तयारी छ । उनीसँगै पूर्वडीआईजी छविलाल जोशीलाई म्याद थपका निम्ति अदालत लगिएको थियो । पूर्वडीआईजी जोशीमाथि पनि १५ दिन म्याद थप भएको छ ।

काठमाडौंस्थित रास्वपा केन्द्रीय कार्यालयबाट कात्तिक २ गते पक्राउ परेका लामिछानेमाथि अनुसन्धान गर्न प्रहरीलाई अदालतले पहिलोपटक ६ दिन म्याद दिएको थियो । दोस्रोपल्ट सात, तेस्रोचोटि १० र चौथोपटक १३ दिनको म्याद दिइएको थियो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै