प्रधानमन्त्री ओलीका पिता अस्पताल भर्ना
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओली फोक्सोमा समस्या आएकोले अस्पताल भर्ना भएका छन्।
प्रधानमन्त्री ओलीले अस्पताल पुगेर आफ्ना बुवाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको स्वास्थ्य स्थिति सामान्य रहेको सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन्।
फोक्सोसम्बन्धी समस्या देखिएपछि उनको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ।












