दैनिक सात घण्टा बन्द हुने बीपी राजमार्ग – Sagarmathapana:: Online News Portal

दैनिक सात घण्टा बन्द हुने बीपी राजमार्ग

   २०८१ मंसिर ७ गते  

काठमाडौं -सडक डिभिजन कार्यालय भक्तपुरले सूचना जारी गर्दै बीपी राजमार्गमा आजदेखि रातको समयमा दैनिक सात घण्टा सवारी साधन सञ्चालन बन्द हुने भएको छ ।राति ७ घण्टा सवारीसञ्चालन बन्द गर्न लागिएको हो ।

बीपी राजमार्गको प्रस्थानबिन्दु धुलिखेलदेखि सिन्धुलीको बर्खेखोलासम्म राति नौ बजेदेखि बिहान ४ बजेसम्म प्रत्येक दिन सडक बन्द हुने जानकारी दिएको हो ।

यसैबीच गत असोज दोस्रो साता बाढी पहिरोका कारण क्षतिग्रस्त भइ अस्थायी रुपमा एकतर्फी सञ्चालनमा ल्याइएको बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि सिन्धुलीको बर्खेखोलासम्मको सडकमा पनि यातायात सञ्चालनमा रोक लगाईएको छ ।

राजमार्गको विभिन्न सडकखण्डमा डाइभर्सन मर्मत भइरहेको सडक डिभिजन कार्यलयद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । अर्को सूचना जारी नभएसम्मका लागि राति गाडी नचलाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै