प्रेमीलाल चौधरी थारू कल्याणकारिणी सभाको अध्यक्षमा निर्वाचित – Sagarmathapana:: Online News Portal

प्रेमीलाल चौधरी थारू कल्याणकारिणी सभाको अध्यक्षमा निर्वाचित

   २०८१ मंसिर ६ गते  

काठमाडौं। प्रेमीलाल चौधरी थारू कल्याणकारिणी सभाको अध्यक्षमा निर्वाचित हुनुभएको छ । २३ औं केन्द्रीय महाधिवेशनबाट चौधरी सर्वसम्मत अध्यक्षमा चयन हुनु भएको हो ।

महामन्त्रीमा मिनराज चौधरी निर्वाचित हुनुभएको छ । उपाध्यक्ष, महिला उपाध्यक्ष र सहमहामन्त्री लगायत पदमा भने चयन हुन बाँकी छ ।

रुपन्देहीको भैरहवामा मंसिर १ गतेदेखि तीन दिनसम्म चलेको महाधिवेशन नेतृत्व टुंगो लगाउन नसक्दा एक दिन लम्बिएको थियो । थारु कल्याणकारिणी सभा नेपालभर छरिएर रहेका थारुहरुको छाता संगठन भएपनि यसले समुदायको अपनत्व लिन नसकेको टिप्पणी हुँदै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै