साइबर अपराधको मुद्दामा दुर्गा प्रसाईँलाई सीआइबीले पक्राउ गरिएको – Sagarmathapana:: Online News Portal

साइबर अपराधको मुद्दामा दुर्गा प्रसाईँलाई सीआइबीले पक्राउ गरिएको

   २०८१ मंसिर ४ गते  

काठमाडौँ । मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईँलाई साइबर अपराधको मुद्दामा केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले पक्राउ गरिएको जानकारी दिएको छ ।

प्रसाईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा लगानी गरेको भन्दै प्रचार गरेका थिए । उनको दाबीमा सत्यता नदेखिएको सीआइबीले जानकारी दिएको छ ।

सीआईबी प्रवक्ता होविन्द्र बोगटी  ‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेको पाइएपछि नियन्त्रणमा लिइएको  बताए ।

प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम मुद्दा चलाइने भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै