अबको सरकार माओवादीको-अध्यक्ष पुष्पकमल दाहाल
काठमाडौं । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सत्ता गठबन्धन भत्किएमा अर्को सरकार माओवादीकै नेतृत्वमा बन्न सक्ने दावी गर्नुभएको छ ।
अर्को प्रसंगमा अध्यक्ष दाहालले भ्रष्टाचारीलाई जोगाउन काँग्रेस र एमालेको गठबन्धन बनेको आरोप समेत लगाउनुभयो ।
जनताको हितका लागि माओवादीले फेरि आन्दोलनको नेतृत्व गर्नुपर्ने अध्यक्ष दाहालको भनाइ थियो ।












