इजरायली सेनाले इरानको सैन्य ठेगानामा गरे हवाई आक्रमण
काठमाडौं– इरानको सरकारी मिडियाका अनुसार राजधानी तेहरानमा इजरायली सेनाले इरानको सैन्य ठेगानामा सटिक आक्रमण गरेको बताएको छ। कैयौं धमाकाको आवाज सुनिएको छ।
समाचार एजेन्सी रोयटर्सले इरानको सरकारी टीभीलाई हवाला दिँदै इरानको एक खुफिया अधिकारीले तिव्र धमाकाको आवाज इरानको एअर डिफेन्स सिस्टम एक्टिभ भएका कारण सुनिएको हुनसक्ने बताएका छन्।
यद्दपि अहिलेसम्म इजरायलले कुन क्षेत्रमा आक्रमण गरेको हो भन्ने स्पष्ट भने भइसकेको छ। यता ह्वाइट हाउसले इरानमा इजरायलको आक्रमणबारे जानकारी भएको बताएको छ।
आइडीएफका प्रवक्ता डेनियल हगारीले ७ अक्टुबर २०२३ पछि इरानमा मौजुदा शासन क्षेत्रमा मौजुदा उसका साथीहरुले इजरायलमाथि लगातार हमला गरेको बताएका छन्। उनले भने, ‘हाम्रो रक्षात्मक र आक्राम क्षमता पूरै तरिकाले सक्रिय छ। हामी इजरायली राष्ट्र र इजरायलका जनताको रक्षाका लागि जो आवश्यक हुन्छ त्यो गर्नेछौं।’












