अनुभव र अनुभुति: हङकङमा नेपाली चलचित्र ‘गाउँ आएको बाटो’-रिता गुरुङ – Sagarmathapana:: Online News Portal

अनुभव र अनुभुति: हङकङमा नेपाली चलचित्र ‘गाउँ आएको बाटो’-रिता गुरुङ

   २०८१ कार्तिक ६ गते  

काठमाडौं।प्रबिन किराती सगरमाथापाना,
साभार-रिता गुरुङ फेसबुक

अनुभव र अनुभुति:

रिता गुरुङ
अध्यक्ष, हङकङ नेपाली महासंघ,अध्यक्ष, नेपाल क्लब हङकङ ।

हङकङमा नेपाली चलचित्र प्रदर्शन संम्बन्धमा ‘गाउँ आएको बाटो’ चलचित्रले छुट्टै गोरेटो कोरेको यस एक ऎतिहासिक क्षणको समयसाक्षी बन्नु पाउँदा गर्वबोध महसुस भईरहेको छ ।

सर्वप्रथम, स्वदेश तथा बिदेशमा बिशेष शो प्रदर्शन सम्पन्न गरी विभिन्न अवार्डहरुबाट सम्मानित यस चलचित्रका टिम र हङकङ प्रीमियर शो आयोजक टिमलाई हार्दिक बधाई सहित लोकप्रियता र सफलताको शुभकामना व्यक्त गर्दछु ।

हङकङ निर्माता टिमका सहृदयी मित्र श्री देवराज राई जी को बिशेष निम्तोमा गोल्डेन सिन हलमा हिजो २० अक्टोबर २०२४ आईतबारको दिन सम्पन्न १२औं प्रीमियर शो अन्तर्गत अन्तिम प्रदर्शन शो (साँझ ६:४५ बजे) ‘गाउँ आएको बाटो’ नेपाली चलचित्र हेर्ने अवसर जुरेको थियो ।

गाउँले परिवेशलाई टपक्कै टिपेर हुँदा खाने नेपालीहरुको दैनिकी, जीवनशैली र सपनालाई वर्तमानको आधुनिकता, वैदेशिक रोजगारमा जाने बढ्दो प्रचलन अनि बिकासको नाउँमा भएका गतिविधिहरुले पारेको असरलाई सुन्दर ढंगले चित्रण गरिएको छ ।

सरल नेपाली ठेट भाषा संम्बादको प्रयोग गरिएको यस नेपाली चलचित्रमा सबै कलाकारहरु आ-आफ्नो भूमिकामा जमेका छन् ।

बिशेषत: बाल कलाकार छोरा र आमाको जिवन्त एवं उत्कृष्ट अभिनय कलाले चलचित्रको सम्पूर्ण समयावधि भरी दर्शकको ध्यान खिच्न सफल देखिन्छ । ५० बर्ष नाघेका बिदेश लागेका हामी जस्ता नेपालीहरुलाई यो चलचित्र हेर्दा आफनै बाल्यकाल अनि आफ्नो गाउँठाँउको स्मरण गराउँदछ, यस्तो लाग्छ कि चलचित्रले आफ्नै कथा बोलिरहेको अनुभूति हुन्छ। जे होस् चलचित्र उत्कृष्ट बनेको छ, समय मिलाएर सबैलाई एकपटक हेर्नुहुन अनुरोध गर्दछु ।

अन्त्यमा, सबैलाई साधुबाद! यो ‘गाउँ आएको बाटो’ नेपाली चलचित्रका हङकङ निर्माता टिमहरुले धेरै मेहनत र प्रयास गर्नु भएर नेपाली चलचित्र प्रदर्शनमा एउटा नयाँ दिशानिर्देश गर्न सफल भएको छ ।

यस प्रयासले मूर्त रुप लिन, हाम्रो सफलता र निरंतरताको लागि फेरी तपाई-हामी सम्पूर्ण हङकङबासी नेपालीहरुले एकआपसमा साथ-सहयोग र हातेमालो गर्न अत्यावश्यक छ । यस चलचित्रका हङकङ प्रदर्शन टिमलाई बिशेष धन्यवाद दिदै अबका दिनहरुमा हामी सबैले हङकङको सिनेमाघरहरुमा हाम्रो नेपाली चलचित्रहरु हङकङबासी सबैसँगै बसेर सुपथ मूल्यमा छिटै हेर्ने पाईयोस् भन्ने शुभेच्छा व्यक्त गर्दछु ।
सबैको जय होस् !!!

रिता गुरुङ
अध्यक्ष, हङकङ नेपाली महासंघ ।
अध्यक्ष, नेपाल क्लब हङकङ ।

फोटो:










          

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै