सुनकोसी तेस्रोको काम प्रभावित – Sagarmathapana:: Online News Portal

सुनकोसी तेस्रोको काम प्रभावित

   २०७८ भाद्र १५ गते  

 

काठमाडौँ । कोभिड–१९ को जोखिमका कारण काभ्रेपलाञ्चोक र रामेछाप जिल्लाको सिमानामा निर्माणका लागि प्रस्तावित सुनकोसी तेस्रो जलाशययुक्त विद्युतर आयोजनाको काम प्रभावित भएको छ । कोरोना सङरक्रमणको जोखिमका कारण आयोजनाको वातावरणीय प्रभाव मूल्याङरकन (ईआईए) र स्थानीयस्तरमा गर्नुपर्ने सार्वजनिक सुनुवाइको काम प्रभावित भएको हो ।

यसै कारण दुई वर्षदेखि आयोजनाको अध्ययनको काम रोकिएको छ । विद्युतर विकास विभागका इन्जिनियर सुवास थपलियाले आयोजनाको प्राविधिकतर्फको ९० प्रतिशत अध्ययनको काम सकिएको बताउनुभयो । “वातावरणीय प्रभाव मूल्याङरकन र स्थानीयस्तरमा गर्नुपर्ने सार्वजनिक सुनुवाइको काम सुरु गर्न सकेका छैनौँ,” उहाँले थप्नुभयो । उहाँले आयोजनाबाट प्रभावित हुने १३ वटा स्थानीय तहका प्रमुखहरूसँग छलफल गरेर सार्वजनिक सुनुवाइ गरिने बताउँदै चारदेखि छ महिनाभित्र ईआईए र सार्वजनिक सुनुवाइको काम सम्पन्न हुने बताउनुभयो ।

उहाँले आयोजनाको प्राविधिकतर्फको सर्भे, भौगर्भिक अध्ययन, नक्साङरकन, आयोजनास्थल तथा आसपासको चटरटानलगायत अन्य अवस्था, इन्जिनियरिङ डिजाइन, प्रसारण लाइनको अध्ययन, जलमापन तथा सेडिमेन्ट अध्ययन, विद्युतर व्यापारको अध्ययन, पर्यटन विकास योजना तयार पार्ने काम सकिएको बताउनुभयो । विभागले काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र सिन्धुली जिल्लाको सिमाना भएर बग्ने सुनकोसी नदीअन्तर्गत काभ्रेको तेमाल गाउँपालिका–९ को सिमाना र रामेछापको खाँडादेवी गाउँपालिका–१, लुभुघाटमा विद्युतर आयोजनाको बाँध गर्न निर्माण प्रस्ताव गरेको छ ।

सुरुको अध्ययनले ५३६ मेगावाट विद्युतर उत्पादन हुने देखाए पनि पछिल्लो अध्ययनअनुसार ६८३ मेगावाट विद्युतर उत्पादन हुने थपलियाले बताउनुभयो । आयोजनाको विद्युतर गृह तेमाल गाउँपालिका–९, तित्रेटारमा निर्माण गर्न प्रस्ताव गरिएको छ । काभ्रेको तेमाल गाउँपालिका–९ र रामेछापको खाँडादेवी गाउँपालिका–१, लुभुघाटमा करिब ४८४ मिटर लामो र १६६ मिटर उचाइको बाँध निर्माण गरी ५७० घनमिटर प्रतिसेकेन्ड पानी सुरुङबाट तेमाल गाउँपालिका–९, तित्रेटारस्थित विद्युतर गृहमा लगिनेछ । विद्युतर उत्पादनपछि सो पानीलाई टेलरेसद्वारा पुनः सुनकोसी नदीमा खसालिने जनाइएको छ ।
इन्जिनियर थपलियाले आयोजना निर्माण गर्दा काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र सिन्धुली जिल्लाका करिब १७ सय घरपरिवार प्रभावित हुने बताउनुभयो । सुनकोसी–३ आयोजना निर्माण भएको खण्डमा कुलेखानीभन्दा २० गुणा ठूलो जलाशय क्षमताको हुने र जलाशयमा एक हजार ७८० मिलियन घनमिटर पानी जम्मा हुनेछ ।

२०७५ चैत महिनामा काठमाडौँमा सम्पन्न दोस्रो लगानी सम्मेलनमा सुनकोसी–तेस्रो जलाशययुक्त विद्युतर आयोजनालाई समावेश गरिएको थियो । सनर १९८५ मा जापान सहयोग नियोग (जाइका)ले त्यस क्षेत्रमा जलाशययुक्त विद्युतर आयोजनाको सम्भाव्यता अध्ययन गरेको थियो । विभागले सुनकोसी तेस्रो र सुनकोसी दोस्रो आयोजनाको अध्ययनका लागि गत वर्ष १९ करोड र यस वर्षका लागि छ करोड रुपियाँ बजेट विनियोजन भएको थियो । दुवै आयोजनाको सम्भाव्यता अध्ययनका लागि ३३ करोड रुपियाँ खर्च लाग्ने थपलियाले बताउनुभयो । यो समाचार आजको गोरखापत्र दैनिकबाट साभार गरिएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै