अमेरिकी राजदूतावासले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दियो – Sagarmathapana:: Online News Portal

अमेरिकी राजदूतावासले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दियो

   २०८१ कार्तिक २ गते  

काठमाडौं : आइसीसी विश्वकप लिग -२ श्रृंखलामा सहभागी हुन जाने क्रममा अमेरिकी राजदूतावासले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई  भिसा दिएको छ। लामिछानेलाई भिसा उपलब्ध गराएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।

क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार लामिछाने आजै बेलुकी अमेरिका उड्नेछन्। अमेरिकामा नेपाल, स्कटल्याण्ड र अमेरिकाबीच यही अक्टोबर २५ देखि नोभेम्बर ४ सम्म आइसीसी विश्वकप लिग -२ श्रृंखला हुँदैछ।

त्यसअघि सुरु भएको टी–ट्वेन्टी आई सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई १७ रनले पराजित गरेको छ।

डालसस्थित ग्राण्डप्रेरी रङ्गशालामा भएको खेलमा एक सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिका निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ४७ रनमा समेटिएको थियो ।

अमेरिका र नेपालबीच तीन टी–ट्वेन्टी खेल आयोजना हुनेछन् । त्यसपछि दुवै टोली आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा सहभागी हुनेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै