आफ्नो ६ वर्षीय छोरालाई भीरबाट फालेर हत्या गरेका
काठमाडौं । बागलुङको ताराखोला गाउँपालिकाका स्थायी बासिन्दा केशव पुनले आफ्नो ६ वर्षीय छोरालाई भीरबाट काठेखोलामा फालेर हत्या गरेका छन्।
बजार क्षेत्र नजिकको भीरबाट उनले छोरालाई फालेका प्रहरीले जनाएको छ। घटनाबारे जानकारी प्राप्त हुनासाथ परिचालन भएको पहरीले खोलाबाट बालकको शव बरामद गरेको थियो।












